जनकपुरको भानुचोकमा पार्टी–पार्टीबीच लडाई
भानुभक्तको शालिक निर्माण गर्न नगरपालिकाका मेयर मनोज साहले योजना राखेपछि चुनावमा पराजित भएका जसपाका लालकिशोर साहले राजनीतिक हिसाबले विरोध गर्न लगाएको आरोप छ । भानुचोकमा मोटो सँख्यामा प्रहरी परिचालन भएपछि अवस्था समान्य भएको हो ।

२०८० बैशाख १६ शनिबार, बिहान ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित विभिन्न राजनीतिक दलको नेता कार्यकर्ताबीच वैचारिक लडाई भएको छ ।
जनकपुरधामको मुटु मानिने भानुचोकमा आदिकवी भानुभक्तको शालिक पुनः निर्माण गर्न थालेपछि मधेश केन्द्रीत राजनीतिक दलहरुले अवरोध गरेको छ । मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको भानुभक्तको शालिक तोडफोड गरिएको थियो ।
२०६२/०६३ को मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको आदिकवी भानुभक्तको शालिक तोडफोड गरि तत्कालै सो चौकलाई मधेश आन्दोलनका प्रथम शहिद रमेश महतो चौक घोषणा गरिएको थियो । कानुनी र अधिकारिक घोषणा नभएपनि आन्दोलनकर्ताहरुले भानुचोकको विभिन्न स्थानमा रमेशचौक भनेर लेखिदिएका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाममा प्रख्यात रहेको भानुचोकमा आदिकवी भानुभक्तकै शालिक हुनुपर्ने निर्णय गर्दै भानुभक्तको शालिक निर्माण गर्न जाँदा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतका मधेश केन्द्रीत दलका भातृ सँगठनहरुले विरोध जनाएका छन् ।
नेपाली काँग्रेसले भानुचोकमा भानुभक्तकै शालिक निर्माण गरिए जनकपुरको मान सम्मान र पौराणिक दृश्याँकन हुने तर्क लिएको छ भने जसपा, लोसपा, जनमतले रमेश महतोको शालिक निर्माण हुनुपर्ने अडान लिएपछि भानुचोकमा शनिबार बिहानै तनाव उत्पन्न भएको हो ।
भानुभक्तको शालिक निर्माणको लागि गठबन्धन गरेका पार्टीहरुबीच मतभेद भएको छ । भानुभक्तकै शालिक निर्माणको लागि ती पार्टीबीच तनाव उत्पन्न भएको हो ।
भानुभक्तको शालिक निर्माण गर्न नगरपालिकाका मेयर मनोज साहले योजना राखेपछि चुनावमा पराजित भएका जसपाका लालकिशोर साहले राजनीतिक हिसाबले विरोध गर्न लगाएको आरोप छ । भानुचोकमा मोटो सँख्यामा प्रहरी परिचालन भएपछि अवस्था समान्य भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…