श्रीमतीलाई खुकुरी प्रहार गरेर श्रीमानले गरे आत्महत्या
न्यूज ब्यूरो, काठमाडौँ । पाँचथर जिल्लाको फालेलुङ् गाउँपालिका–६, दबाईपानीमा बिहीबार राती एक व्यक्तिले श्रीमतीलाई खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेका छन् । ५६ बर्षीय शान्त कुमार राईले ५३ बर्षीया श्रीमती बिमरानी राईमाथि खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् । खुकुरी प्रहारबाट बिमरानी गम्भिर घाइते

२०८० बैशाख १५ शुक्रबार, राति १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । पाँचथर जिल्लाको फालेलुङ् गाउँपालिका–६, दबाईपानीमा बिहीबार राती एक व्यक्तिले श्रीमतीलाई खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेका छन् ।
५६ बर्षीय शान्त कुमार राईले ५३ बर्षीया श्रीमती बिमरानी राईमाथि खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् । खुकुरी प्रहारबाट बिमरानी गम्भिर घाइते भएकी छिन् । उनको पाँचथर सदरमुकाम फिदिमस्थित गणेशमानसिं सामुदायीक अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पु-याइएको छ ।
टाउको र निधारमा गहीरो चोट लागेकी उनको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । शान्त कुमार र बिमरानीका ३ छोरा र २ छोरी छन् ।
खुकुरी प्रहारपछि बेपत्ता भएका शान्त कुमारको खोजतलास गर्ने क्रममा घर नजिकै पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको स्थानीय दिपज्योति युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…