बारा २ मा यादव र कुशवाहाबीच पटका–पटकी
दिउँसो ५ बजेसम्म जनमतका कुशवाहा अगाडी रहेकोमा दिउँसो ५ः३० बजेसम्म उपेन्द्र यादवले ८९ मतान्तरले अग्रता लिएका छन् । सुरुवातीमा उपेन्द्र यादव अग्रता लिएकोमा करैयामाईको मत गणनामा शिवचन्द्र कुशवाहा अग्रता लिएका थिए । अहिले पुनः यादवले अग्रता लिएका छन् ।

२०८० बैशाख ११ सोमबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । उप निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. २ को मतपरिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाबीच पटका–पटकी चलिरहेको छ ।
दिउँसो ५ बजेसम्म जनमतका कुशवाहा अगाडी रहेकोमा दिउँसो ५ः३० बजेसम्म उपेन्द्र यादवले ८९ मतान्तरले अग्रता लिएका छन् । सुरुवातीमा उपेन्द्र यादव अग्रता लिएकोमा करैयामाईको मत गणनामा शिवचन्द्र कुशवाहा अग्रता लिएका थिए । अहिले पुनः यादवले अग्रता लिएका छन् ।
करैयामाई गाउँपालिका वडा नं १ र २ ३ र सुवर्ण गाउँपालिका वडा ८ (ख) को मतगणना अनुसार यादवले १३९० मत प्राप्त गरेका छन् भने कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…