बारामा नक्कली मतपत्रसहित जसपाका नेता यादव पक्राउ, मतदानस्थल तनावग्रस्त
जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ ।

२०८० बैशाख १० आइतबार, बिहान ११:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । आज भईरहेको उपनिर्वाचनको क्रममा बारामा जसपाका एक नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।
उपचुनावमा मतदान जारी रहेको बेला एक जनासँग दुई वटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको हो । बाराको देवताल गाउँपालिका वडा नं. ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुई वटा मत्रपत्र फेला परेको हो ।
मतदानस्थलमा दुई वटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनायो ।
जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…