जसपाका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म चुनावी प्रचारमा, जनमतका मन्त्रीहरु जनताको काममा
विहिबार मात्र कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रमहरु सार्वजनिक गरे । उनले पत्रकार सम्मेलन गरी ३१ बुँदे अन्तराष्ट्रिय लेभलको योजनाहरु सार्वजनिक गरे । यतिबेला जसपाका मन्त्रीहरु सरकारी गाडीसहित झण्डा बोकेर चुनावी प्रचारमा लागेका छन् भने जनमत पार्टीका मन्त्रीहरु मन्त्रालयमा जनताको लागि काम गर्दैछन् ।

२०८० बैशाख ८ शुक्रबार, बिहान ६:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका अधिकांश नेता मन्त्रीहरु अहिले बारा निर्वाचन क्षेत्र नं. २ मा व्यस्त देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बनेकाहरु आधा महिनादेखि मन्त्रालय छाडेर पार्टीकै प्रचारमा व्यस्त देखिएका छन् ।
जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव, अर्थमन्त्री सँजय यादव, समाजिक विकासमन्त्री सुरिता साह लगायतले जसपाको चुनावी प्रचारमा व्यस्त देखिएका छन् । उनीहरु अहिले मधेश प्रदेशको आफ्नो सबै मन्त्रालय छाडेर चुनावी प्रचारमा व्यस्त देखिएका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा हुँदा सरकारी सेवा सुविधासहित पार्टीको प्रचारमा व्यस्त देखिएका हुन् । उनीहरुले जनतालाई बिर्सेर दलीय प्रचारमा तल्लिन भएका छन् ।
यता, डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहा, शिक्षामन्त्री महेश यादव, कृषिराज्यमन्त्री सँजय कुमार यादवले जनताको लागि अहोरात्र खट्दै आएका छन् ।

जनमत पार्टीबाट मन्त्री बनेकाहरुले चुनावी प्रचारभन्दा आफ्नो मन्त्रालय सम्हाल्दै आएका छन् । बिहान १० बजेदेखि ५ः३० बजेसम्म मन्त्रालयमै जनताको कार्यको लागि समय दिने गरेका छन् । जनमत पार्टीबाट मन्त्री बनेका तीन जनै मन्त्रीहरु आफ्नो कार्यभार सम्हाल्दै आएका छन् ।
विहिबार मात्र कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रमहरु सार्वजनिक गरे । उनले पत्रकार सम्मेलन गरी ३१ बुँदे अन्तराष्ट्रिय लेभलको योजनाहरु सार्वजनिक गरे । यतिबेला जसपाका मन्त्रीहरु सरकारी गाडीसहित झण्डा बोकेर चुनावी प्रचारमा लागेका छन् भने जनमत पार्टीका मन्त्रीहरु मन्त्रालयमा जनताको लागि काम गर्दैछन् ।
त्यही जनमत पार्टीबाट कृषि राज्यमन्त्री सँजय कुमार यादवले आफ्नो सँसदीय क्षेत्रसहित आफ्नो कार्यालयमा समय दिने गरेका छन् । १० लाख युवकलाई रोजगारी दिने प्रतिवद्धता अनुसार जनमतका सँजय यादवले आफ्नो सँसदीय क्षेत्रमा ग्राम उद्योगको लागि कार्य प्रक्रिया अगाडी बढाउन व्यस्त छन् ।
बारा निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपचुनाव आईतबार बैशाख १० गते हुन लागेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…