लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, अधिकृत सहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
न्यूज ब्यूरो, सिरहा । पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशकाे

२०८० बैशाख ७ बिहीबार, बेलुकी ६:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशकाे सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामबल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको भुक्तानी गरेको आरोपमा उनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पुल र कल्भर्ट निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ परिवर्तन गरी, योजना सम्पन्न नहुँदै न्यून गुणस्तरमा काम गरी दुबै योजना सम्पन्न गर्न नमिल्ने अवस्थामा पनि भुक्तानी दिएको अख्तियारको आरोप छ ।
अख्तियारले गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष आशादेवी यादव, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, तत्कालिन लेखापाल इन्द्रकुमार कर्ण, वडा नं ४ का तत्कालिन वडाध्यक्ष विद्यानन्द साह सुडी, वडासचिव रामनारायण मण्डल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन गाउँपालिका अध्यक्ष साहसँग भ्रष्टाचार ऐनबमोजिम ३१ लाख ७४ हजार ४६७ बिगो, कैद र जरिवाना माग गरिए पनि उपाध्यक्ष यादवसँग भने बिगो माग गरिएको छैन । उपाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवाना माग गरिएको छ । यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, लेखापाल इन्द्रकुमार कर्ण, वडा नम्बर ४ का अध्यक्ष विद्यानन्द साह सुडी, वडा सचिव रामनारायण मण्डल र उपभोक्ता समिति अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलासकुमारी दनुवार, सचिव महादेव यादव र कन्सलटेन्सीका प्रोप्राइटर इन्जिनियर इन्द्रनारायणसहालाई ५ लाख २८ हजार ४४० बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ ।
यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादव र सुजितकुमार यादव, लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष हनुमान मण्डल तथा उपभोक्ता समिति अध्यक्ष उतिमलाल मण्डल, कोषाध्यक्ष गीताकुमार मण्डल, सचिव परमेश्वर मण्डल र कन्सलटेन्सी एन्ड इन्जिनियरिङका प्रोप्राइटर इन्जिनियर ताराकान्त साहविरुद्ध पनि २६ लाख ४६ हजार २७ रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ ।
आरोपपत्र



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…