सिरहाका मिटरब्याजी रामबाबु यादव पक्राउ, सीडियो कार्यालयमा अन्य पीडितहरुले पनि उजुरी दिए
न्यूज ब्यूरो, सिरहा। जिल्ला प्रहरी सिरहाले मिटरब्याजी रामबाबु यादवलाई पक्राउ गरेको छ । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयबाट औरही गाउँपालिका वडा नम्बेर ३ स्थित खजनपुर घर भएका यादवलाई प्रहरीले पक्राउ गरेको हो । ठगी सम्बन्धी मुद्दा परेको आरोपमा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रह

२०८० बैशाख ६ बुधबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। जिल्ला प्रहरी सिरहाले मिटरब्याजी रामबाबु यादवलाई पक्राउ गरेको छ ।
सिरहा सदरमुकामस्थित मालपोत कार्यालयबाट औरही गाउँपालिका वडा नम्बेर ३ स्थित खजनपुर घर भएका यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
ठगी सम्बन्धी मुद्दा परेको आरोपमा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अगाडी बढाएको उनले बताए ।
मिटरब्याज आरोपमा प्रहरीले ठगी मुद्दा चलाउँछ । सिरहा सदरमुकामकै एक महिलाले उनीमाथि ठगी मुद्दा दर्ता गराएकी थिइन् । सयकडा ३ रुपैयाँमा रकम लगानी गर्ने गरेको र रकम तिरिसक्दा पनि कपाली कागज नदिएको उनीमाथि आरोप लागेको छ ।
मिटरब्याज यादवमाथि जिल्ला प्रशासन कार्यालयमा पनि अन्य पीडितहरुले उजुरी दिएको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…