'उपेन्द्र यादव' जस्ता नेतालाई भोंट दिनु आवश्यक छैनः प्रभु साह
सधै सत्तामा रहने र पटक पटक मन्त्री हुँदा समेत उपेन्द्रले बारा जिल्लाका लागि केही पनि नगरेको तर आफू मन्त्री हुँदा सिम्रौनगढ, गढीमाईलाई पर्यटन क्षेत्र घोषणा गराएर भौतिक पुर्वाधारका बिभिन्न आयोजना अगाडी बढाएको साहले बताए ।

२०८० बैशाख ४ सोमबार, राति ८:३३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । आम जनता पार्टी (आजपा) का अध्यक्ष नेता प्रभु साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जस्ता नेतालाई भोँट दिनु आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।
मधेसको नाम भजाएर पटक–पटक मन्त्री हुने तर बिकासको काम नगर्ने भगौडाहरुलाई बारा २ को उपनिर्वाचनमा बाराबासीले पराजित गर्ने विश्वास व्यक्त गर्दै साहले बिकास गर्ने नेतालाई मतदान गर्न आग्रह गरे ।
दुधै नदिने निलगाई भएको संज्ञा दिदै उनले उपेन्द्र यादवसंग आफू ‘गाई हो की निलगाई’ प्रष्ट पार्नुपर्ने बताए । उपनिर्वाचन बारा २ मा आम सभा तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न तेर्साएका हुन् ।
आफू मन्त्री हुँदा मेचिदेखी महाकालीसम्म बिकासका काम गरेको तर उपेन्द्र यादव पटक पटक मन्त्री हुँदा समेत काम नगरी सत्तामा रमाउँने काम गरेको आरोप लगाए ।
‘उपेन्द्र यादवसंग तपाईहरुले सोध्नु की कुन दुध दिएको हो ? गाई हो की निलगाई हो ? बिकासका लागि के के काम गर्यौ बताउँनुस् । म त मन्त्री हुँदा पूर्व मेची देखी पश्चिम महाकालीसम्म बिकासको आयोजना निर्माण गरे । सप्तरीमै म बिकासको दर्जनौं आयोजनाहरु पुरा गरे, तपाई भन्नुस तपाई मन्त्री हुँदा बारा, रौतहट जिल्लाका लागि के गर्नुभयो, मत माग्न आउँदाँ उनीसंग तपाईहरु पनि सोध्नु’ आजपा अध्यक्ष साहले भने, ‘तिमी फल दिने बिरुवा हौं की फल नदिने ९बाझ० हौं, बाराबासीलाई बताउ । कतिपयले भन्छन की यो जातको हो रे, आँप रोप्दा फल दिन्छ तर बबुर रोप्दा फल दिदैन, उनी पनि बबुर नै हुन । त्यसैले जातको पछाडी नकुदनु बिकास गर्ने नेतालाई चुन्नुस् ।’
सवाल जातको नभई सही र गलतको रहेको बताउँदै उनले प्रत्येक जातमा सही र गलत मान्छे रहेकाले सही मान्छेलाई मतदान गर्नुपर्ने र गलतलाई बहिष्कार गर्नुपर्ने बताए । यस्ता गलत प्रवृतिको मान्छेलाई पराजित नगरुनजेलसम्म बिकासको कल्पना समेत गर्न नसकिने उनले बताए ।
सधै सत्तामा रहने र पटक पटक मन्त्री हुँदा समेत उपेन्द्रले बारा जिल्लाका लागि केही पनि नगरेको तर आफू मन्त्री हुँदा सिम्रौनगढ, गढीमाईलाई पर्यटन क्षेत्र घोषणा गराएर भौतिक पुर्वाधारका बिभिन्न आयोजना अगाडी बढाएको साहले बताए ।
जतिबेला कतिपयलाई स्र्माट सिटी के हो भन्ने थाहा नभएको बेला आफूले गढीमाई, बरियापुरलाई स्र्माट सिटी घोषणा गरेर यहाँको बिकासका कामलाई अगाडी बढाउँने काम गरेको उनले बताए ।
हुलाकी सडकमा पर्ने बाराको तियर खोलामा पुल नभएको बेला आफूले पुलको प्रोजेक्ट अगाडी बढाएको तर कतिपयले आफूलाई मसिहा ठान्नेहरुले बारा, रौतहटको बिकासका लागि सिंन्को समेत भाच्न नसक्नेको उनले बताए ।
‘सिम्रौनगढका युवाहरु आन्दोलन गर्दै संघ गरिरहेका बेला प्रभु साह युवाहरुको साथमा रहेर नहरको बाटोलाई कालोपत्रे गराउँने काम गरेको सबैले देखेकै कुरा हो’ साहले भने, ‘अब तपाईहरु उपेन्द्रहरुसंग सोध्नु की तपाई पनि यहाँको नेता हो भने के के काम गर्नुभयो रु’
आफूले एक सांसदको रुपमा मात्रै हँदा समेत धेरै काम गर्ने तर उनीहरु सधै सत्तामै रहेर पनि यस जिल्लाका लागि केही गर्न नक्नुले बाराबासीले पराजित गरेर लखेटनुपर्ने बताए । सिमित अवधिका लागि आफू मन्त्री भएको बेलामा धेरै आयोजनामा करोडौं बजेट राखेर ति आयोजना पुरा गराउँदै बारा, रौतहटको बिकास अगाडी बढाएको साहले दावी गरे ।
हरेक निर्वाचनमा जिल्ला परिवर्तन गर्दै हिडने तर बिकासको काम नगर्ने उपेन्द्र जस्ता नेताहरुलाई मतदान गर्नु आवश्यक नभएको बताउँदै उनले कुर्सीकै लागि मरिहते गर्नेलाई किन मतदान गर्नुपर्ने हो र? प्रश्न गर्दै साहले ‘२०६३ देखी उपेन्द्र सधै मन्त्री भईरहने, सिके राउत लगायतकाले के काम गरेर मधेसको बिकासका लागि रु नक्कली र ठगहरु मन्दिर, मठमा पस्यो भने के हुन्छ र?’
आफूले गरेको बिकाशको कामको बारेमा चर्चा गर्दै आउँने दिनमा बारा, रौतहट सहित मधेसको बिकासका लागि बारा २ मा आजपाबाट उम्मेदवार बनेको अधिवक्ता अरुण ज्ञवालीलाई मतदान गर्न उनले अपिल गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले भ्रष्ट एवं मधेस विरोधीहरुलाई उपनिर्वाचनमा पराजित गर्नुपर्ने अहिलेको आश्यक्ता रहेको छ । बारा २ मा हुने उपनिर्वाचनमा भ्रष्ट एवं मधेस विरोधीहरु चुनाव लडन खोजेको भन्दै त्यस्ता लुटेरालाई पराजित गर्नुपर्ने बताए ।
मध्य तराई मधेसको बीचबाट फराकिलो सडक निर्माणका लागि आफूले बीरगंज–कलैया–मलाही–कटहरीया सडकलाई कालोपत्रे गराएको, नहरको बाटो र हुलाकी रोडलाई कालोपत्रे गराउँने काम आफूले गराएको दावी गर्दै उनले सदरमुकामलाई बिकास गरेर चम्काउँने काम आफूले गरेको उनले बताए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…