जनकपुर राराब क्याम्पसका कर्मचारीहरु आन्दोलनमा
आईतबार हातमा कालोपट्टि बाँधेर काम गरेका कर्मचारीहरुले भोली सोमबार एक घण्टा कार्यालयको कामकाज ठप्प पार्ने भएको छ । बैशाख ५ गते दुई घण्टा कार्यालयको कामकाज ठप्प पार्ने बताएको छ । समयमै माग पूरा नगरि यो भन्दा पनि सशक्त आन्दोलनको चेतावनी दिएको हो ।

२०८० बैशाख ३ आइतबार, राति ९:१० बजे१ मिनेट पढाइ

अजय पण्डित, जनकपुरधाम । जनकपुरधामस्थित रहेको राराब क्याम्पसका कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले क्याम्पस प्रमुखले मागहरु बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रजातात्रिक कर्मचारी प्रगतिशील समुह रा.रा.ब. क्पाम्पस एकाई कमिटिहरुको गत चैत्त २४ गते पेश गरिएको मागहरु क्याम्पस प्रमुखले अझै सम्बोधन नगरेको भन्दै धर्नासहितको आन्दोलन जारी राखिएको छ ।
आईतबार हातमा कालोपट्टि बाँधेर काम गरेका कर्मचारीहरुले भोली सोमबार एक घण्टा कार्यालयको कामकाज ठप्प पार्ने भएको छ । बैशाख ५ गते दुई घण्टा कार्यालयको कामकाज ठप्प पार्ने बताएको छ ।
समयमै माग पूरा नगरि यो भन्दा पनि सशक्त आन्दोलनको चेतावनी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…