बलात्कारको उजुरी दर्ता गर्न सई यादवले पीडितसँग लिएका थिए ९ हजार घुस, डिएसपीमाथि शंका
प्रादेशिक अस्पतालबाट बलात्कारको पुष्टि भएको अवस्थामा पनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिकृष्ण केसीकै ईसारामा घुस लिएको आरोप छ । अस्पतालको रिपोर्ट आएको १५ दिनभन्दा अधिक वितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि सेटिँगको शँका लागेको हो ।

२०८० बैशाख १ शुक्रबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । एक बलात्कार पीडितको उजुरी दर्ता गर्नका लागि सिरहा मिर्चैयाका सईले घुससहित रँगेहात पक्राउ परे । उनले पीडितको उजुरी दर्ता गरिदिनको लागि ९ हजार रुपैयाँ घुस मागेको खुलेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाको मुदा फाँटमा कार्यरत सई सचिन यादवले पीडितसँग नै ९ हजार रुपैयाँ लिएर उजुरी दर्ता गरिदिने सेटिँग मिलाएपछि रँगेहात पक्राउ परेका छन् । बलात्कार पीडितको उजुरी दर्ता गरिदिने वापत ९ हजार रुपैयाँ घुस लिएका थिए ।
उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार घुस मागेको अख्तियारको दावी छ ।
अख्तियारका अनुसार उक्त उजुरी दर्ता गर्न अदालतले समेत आदेश जारी गरेको थियो । अख्तियारको टोलीले मिर्चैया–५ को थानाचोकबाट उनलाई ९ हजार घुससहित नियन्त्रणमा लिएको हो ।
प्रादेशिक अस्पतालबाट बलात्कारको पुष्टि भएको अवस्थामा पनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिकृष्ण केसीकै ईसारामा घुस लिएको आरोप छ । अस्पतालको रिपोर्ट आएको १५ दिनभन्दा अधिक वितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेपछि सेटिँगको शँका लागेको हो ।
सबै रिपोर्ट, प्रमाणहरु प्रसस्त भएर पनि डिएसपी केसीले पीडितको उजुरी दर्ता गर्न नमानेपछि ठुलो रकमको चलखेल भएको बुझिएको छ । यद्यपी, सई सो प्रकरणमा ९ हजारमै बलीको बोका बनेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…