डा. सिके राउत मभन्दा जुनियर नेता हुनः जसपा नेता यादव
“२०६२/०६३ मा उपेन्द्र यादवको नेतृत्वमा मधेश आन्दोलन हुदै गर्दा सिके राउत बिदेशमा जागिरे थिए। सिके राउत म भन्दा जुनियर राजनीतिक हुन, उपेन्द्र यादवसंग तुलना गर्ने हैसियत वहासंग छैन।”– उनले लेखेका छन् ।

२०८० बैशाख १ शुक्रबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता योगेन्द्र राय यादवले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई आफूभन्दा जुनियर नेता बताएका छन् ।
नेता रायले आफ्नो फेसबुकमा लेख्दै डा. सिके राउत आफूभन्दा जुनियर राजनीतिक रहेको बताएका छन् । डा. राउत आफूभन्दा जुनियर रहेकोले उपेन्द्र यादवसँग तुलना गर्ने हैसियत समेत नभएको उल्लेख गरेका छन् ।
“२०६२/०६३ मा उपेन्द्र यादवको नेतृत्वमा मधेश आन्दोलन हुदै गर्दा सिके राउत बिदेशमा जागिरे थिए। सिके राउत म भन्दा जुनियर राजनीतिक हुन, उपेन्द्र यादवसंग तुलना गर्ने हैसियत वहासंग छैन।”– उनले लेखेका छन् ।
ज्ञातव्य छ, डा. सिके राउत मधेशमा उदयमान भएको एक पार्टीका अध्यक्ष भने नेता रायको जसपा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई चुनावमा १८ हजार बढी मतान्तरले हराएका नेता हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…