प्रहरी असई यादव घुससहित रँगेहात पक्राउ
उनले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिसकेको अवस्थामा मिर्चैयास्थि रहेको लक्ष्मी पुस्तक पसलबाट पक्राउ परेका हुन् । मुद्दा मिलाउन सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले उनीमाथि निगरानी सुरु गरेको थियो । प्रहरी असई यादवलाई अहिले पक्राउ गरी मुचुल्का उठाउने कार्य

२०७९ चैत ३० बिहीबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल प्रहरीका एक असई घुससहित रँगेहात पक्राउ परेका छन् । सिरहाको मिर्चैया ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी असई ९ हजार रुपैयाँ घुसहित रँगेहात पक्राउ परेका छन् ।
विहिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरी शाखाबाट खटि आएको टोलीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा मुद्दा फाँटमा कार्यरत प्रहरी असई सचिन यादवलाई ९ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ गरिएको हो ।
उनले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिसकेको अवस्थामा मिर्चैयास्थि रहेको लक्ष्मी पुस्तक पसलबाट पक्राउ परेका हुन् । मुद्दा मिलाउन सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले उनीमाथि निगरानी सुरु गरेको थियो ।
प्रहरी असई यादवलाई अहिले पक्राउ गरी मुचुल्का उठाउने कार्य गरिरहेको छ । केही बेरमा विस्तृत आउने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…