न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा अन्तराष्ट्रिय गैर सरकारी सँस्था र जनकपुरस्थित जानकी महिला जागरण समाजले युवा वर्गलाई सीपमुलक र व्यावसायिक उद्यमशिलता तालिम दिने भएको छ ।
बेरोजगारी न्यूनिकरण गर्नको लागि अन्तराष्ट्रिय सँस्था प्लान ईन्टरनेश्नल नामक सँस्था, जानकी महिला जागरण समाजको समन्वयमा कमला नगरपालिकाको विभिन्न वडामा उद्यमशिलता तालिम दिइने भएको छ ।
बुधबार कमला नगरपालिकास्थित आयोजना गरेको युवा रोजगार तथा उद्यमशिलता विकास कार्यक्रमको परिचयात्मक कार्यक्रममा नगरपालिकाको विभिन्न वडामा सीपमूलक तालिम, कार्यक्रमहरु गर्ने योजना सार्वजनिक गरिएको हो ।
कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोको प्रमुख आतिथ्यिमा भएको परिचयात्मक तथा छलफल कार्यक्रममा जनप्रतिनीधि, सँजाल, सँचारकर्मी, किसान, युवा वर्गसँग समेत छलफल गरेको हो ।
कमला नगरपालिकामा विभिन्न क्षेत्रको उद्यमशिलता तालिम दिन फलफूल खेती, अगरबति तालिम, सरफ तालिम, फास्टफुड बनाउने तालिम, चिप्स, दालमोठ, ईलेक्ट्रीसियन, पलम्बर लगायतको तालिमहरु दिने भएको छ ।
कार्यक्रममा जानकी महिला जागरण समाजका कार्यक्रम सँयोजक विष्णु भण्डारी, अनुगमन अधिकृत सुस्मिता ठाकुर, समाजिक परिचालिका सीता बनरैत यादव, कमला नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका सँयोजक चन्द्रप्रकाश यादव, लघु उद्यम शाखाका कैलाश यादव, समाजिक सुरक्षा शाखाका दिपेन्द्र झा, वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, वडा नं. २ का ठकु यादव, वडा नं. ३ का रामभगत यादव, वडा नं. ५ का शिवा पासवान, वडा नं. ७ का छठु मण्डल, वडा नं. ८ का तृपित भुडेर र वडा नं. ९ का वडाध्यक्ष रणवीर सिँह मण्डलसहित समाजसेवी चन्देश्वर यादव, कमला युवा सँजालका विमलेश यादव, चन्द्रदीप यादव, पत्रकार, अधिकारकर्मीहरुको समेत सहभागीता रहेको थियो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…