मधेश प्रदेशः प्रहरी र स्थानीयबीच झडप, १६ राउण्ड फायर, एक जनालाई लाग्यो गोली
स्थानीय युवा नेता दिपक यादब बुधबार नगरपालिका बाट विभिन्न सुचना माग गर्न गएका थिए। यादवले मागेको सुचना मध्ये दिन मिल्ने धेरै सुचना आफुले उपलब्ध गराएको र कानुनत दिन नमिल्ने सुचना दिन नमिल्ने भन्दै मेयर कन्थमुनि जयसवालले फिर्ता पठाए पछि झडपको स्थिति सृजना भएको बुझिएको छ।

२०७९ चैत २९ बुधबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहटस्थित प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनालाई गोली लागेको छ ।
रौतहटमा प्रहरीले चलाएको गोलि लागेर गरुडा नगरपालिकाको वडा नं. ५ अन्तर्गत पर्ने लक्ष्मिपुर निवासी करिव २२ बर्षिय गजेन्द्र प्रसाद यादब गम्भीर घाईते भएका छन् ।
घाईते यादवलाई स्थानीय हेल्थ लैन्ड हस्पिटलमा उपचार सम्भव नहुदा थप उपचारको लागि बिरगंज पठाईएको प्रहरीले जनाएको छ।
स्थानीय युवा नेता दिपक यादब बुधबार नगरपालिका बाट विभिन्न सुचना माग गर्न गएका थिए। यादवले मागेको सुचना मध्ये दिन मिल्ने धेरै सुचना आफुले उपलब्ध गराएको र कानुनत दिन नमिल्ने सुचना दिन नमिल्ने भन्दै मेयर कन्थमुनि जयसवालले फिर्ता पठाए पछि झडपको स्थिति सृजना भएको बुझिएको छ।
भोलि बिहीवार सार्वजनिक सुनुवाइ कार्यक्रम रहेको दिन मिल्ने जवाफ भोलि दिने समेत बताए तापनि यादब समूह आक्रोसित बनेका स्रोतले जनाएको छ।
यादवको समुहले नगरपालिका कार्यालय लगायत सवारी साधनमा ढुङ्गा मुडा गर्न थालेपछि प्रहरी प्रतिकारमा उत्रीएको बताईएको छ।
झडपमा १६ राउन्ड गोलि चलेको स्थानीय संचार माध्यममा खबर छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…