सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्यू
५ जना सवार कारमा ३ जनाको घटनास्थलमै ज्यान गएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा १ जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

२०७९ चैत २९ बुधबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।
गएराति साढे १२ बजे फूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो ।
५ जना सवार कारमा ३ जनाको घटनास्थलमै ज्यान गएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा १ जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
घाइते अर्का एक जनाको उपचार भइरहेको छ । दुर्घटनामा परेका कसैको पनि परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…