मँगराहा माविको व्यवस्थापन समिति अध्यक्षमा यादव, माचि स्कूलमा दाम खोज्दै हेडमास्टर यादव
वडा नं. २ स्थित रहेको माचि स्कुलमा अभिभावक भेला बोलाउन नगरपालिकाको शिक्षा शाखाले पत्राचार गरेपनि हेडमास्टर यादवले अझै निर्णय लिन सकेका छैनन् । उनले विभिन्न राजनीति दलहरुसँगको उठक बैठक लगाउन थालेका छन् ।

२०७९ चैत २८ मंगलबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. १ स्थित रहेको मावि मँगराहाको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
मँगलबार भएको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र यादव (बाबुप्रसाद यादव) चयन भएका छन् । उनलाई सर्वसहमतिले अभिभावकहरुले अध्यक्षमा यादवलाई चयन गरेको हो ।
अभिभावक भेलाले सदस्यहरुमा वडाध्यक्ष सरद देव यादव, शिक्षक अशोक कुमार मण्डल, पुनम पासवान, रबर देवी मण्डल , अञ्जली देवी मण्डल चयन भएका छन् । यस्तै सदस्य सचिवमा विद्यालयका प्रअ जीतेन्द्र कुमार पासवानलाई चयन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिको गठन सर्वसहमतिले भएको हो ।
माचि स्कूलमा दाम खोज्दै हेडमास्टर
यता, निमावि माचि झिटकैयामा अहिलेसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैनन् । विद्यालयका प्रधानाध्यापक जगरनाथ यादवले आफ्नो अनुकूल विद्यालय व्यवस्थापन समिति खोज्न थालेपछि अन्यौल भएको छ ।
वडा नं. २ स्थित रहेको माचि स्कुलमा अभिभावक भेला बोलाउन नगरपालिकाको शिक्षा शाखाले पत्राचार गरेपनि हेडमास्टर यादवले अझै निर्णय लिन सकेका छैनन् । उनले विभिन्न राजनीति दलहरुसँगको उठक बैठक लगाउन थालेका छन् ।
यसपाली माचि स्कूलमा भिजनरी, विद्यालय सुधारक व्यक्तिलाई व्यवस्थापन समितिमा राख्ने मुड वडाध्यक्ष ठकु यादवले राखेका छन् । उनले विद्यालयको वृति विकासको लागि गैर–राजनीतिक व्यक्तिलाई राख्ने मनसाय बनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…