नटुवा देखाएर प्रभुको घरदैलो
नर्तकी प्रिति पासवान आम जनता पार्टीकी केन्द्रीय सदस्य, आम कलाकार मँचकी सदस्य समेत रहेकी छन् भने विजय यादव निर्बिज समेत आम कलाकार मँचका सदस्य रहेका छन् । घरदैलोमा उनीहरुको साथै अन्य नर्तकीहरुले नाच गरी पार्टीको प्रचार प्रसार गरेको थियो ।

२०७९ चैत २८ मंगलबार, बिहान ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । आम जनता पार्टी (आजपा) का अध्यक्ष नेता प्रभु साहले नटुवा देखाएर घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
अध्यक्ष साहले सोमबार बारा निर्वाचन क्षेत्र नं. २ मा गरेको घरदैलोमा नटुवासहितको टोली लिएर गरेका हुन् । नर्तकी प्रिति पासवान, बिजय यादवसहितको टोली लिएर नाच देखाउँदै घरदैलो अभियान सुरु गरेका हुन् ।
घरदैलोमा सर्वसाधारण तान्नको लागि नेता साहले नर्तकी प्रिति पासवान, विजय यादवसहित अन्य नर्तकीहरुको टोली लिएर गएका हुन् । प्रभु साहको हरेक कार्यक्रममा महिला नर्तकी नचाउने आम तालिका भएको छ ।
नर्तकी प्रिति पासवान आम जनता पार्टीकी केन्द्रीय सदस्य, आम कलाकार मँचकी सदस्य समेत रहेकी छन् भने विजय यादव निर्बिज समेत आम कलाकार मँचका सदस्य रहेका छन् । घरदैलोमा उनीहरुको साथै अन्य नर्तकीहरुले नाच गरी पार्टीको प्रचार प्रसार गरेको थियो । (तराई मधेशतर्फ नर्तकी, नाच गर्नेहरुलाई नटुवा भन्ने गरिन्छ । )
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…