गणेशमान चारनाथ नगरपालिकाको १० औँ अधिवेशन सम्पन्न
अधिवेशनमा चालु आर्थिक बर्षमा भएका कामकाजहरुको समिक्षासहित आउँदो ३ महिनाभित्र हुने विकासे बजेटको बारेमा चर्चा परिचर्चा गरिएको थियो ।

२०७९ चैत २७ सोमबार, राति ८:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले आफ्नो १० औँ अधिवेशन सम्पन्न गरेको छ ।
मँगलबार नगरपालिकाका नगर प्रमुख जीतनारायण यादवको अध्यक्षता एवम् नगर उपप्रमुख तुलसा कुमारी पाण्डेको प्रमुख आतिथ्यमा समारोहको आयोजना गरी १० औँ अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशनमा चालु आर्थिक बर्षमा भएका कामकाजहरुको समिक्षासहित आउँदो ३ महिनाभित्र हुने विकासे बजेटको बारेमा चर्चा परिचर्चा गरिएको थियो ।
नगरपालिकाका कर्मचारीहरुको समेत उपस्थितिमा भएको १० औ अधिवेशनले थप बजेटको बारेमा समेत छलफल भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…