खजुरीको लक्ष्मीनारायण मन्दिरसम्म बर्षौपछि पक्की सडक बन्दै, स्थानीयहरु उत्साहित
शालिकदेखि मन्दिरसम्म ११५ मिटरको बन्न लागेको सडकको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । सो सडकमा पहिलो पटक पक्की सडक बन्न थालेपछि स्थानीयहरु समेत उत्साहित बनेका छन् ।

२०७९ चैत २४ शुक्रबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको लक्ष्मीनारायण मन्दिरको मूलबाटो छुने गरी पक्की सडक निर्माण हुन थालेको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ स्थित रहेको शहिद रामकिशोर साहको सालिकदेखि चर्चित लक्ष्मीनारायणको मन्दिरको मूलबाटोसम्म पिसिसि ढलान सुरु भएको हो ।
नेकपा एमालेका युवा नेता मनोज कुमार साह (मनु) को को विशेष पहलमा भौतिक पूर्वाधार कार्यालय जनकपुरबाट योजना ल्याएर कार्यारम्भ गरेका हुन् । शुक्रबार साहले आफैँ पिसिसि ढलानको कार्य सुरु गरे ।
शालिकदेखि मन्दिरसम्म ११५ मिटरको बन्न लागेको सडकको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । सो सडकमा पहिलो पटक पक्की सडक बन्न थालेपछि स्थानीयहरु समेत उत्साहित बनेका छन् ।
बर्षायाममा सो सडकबाट आवत जावत गर्न निकै कठिनाई हुँदै आएकोमा यसपाली बर्षामा पनि सडकमा सरर हिडन सक्ने युवा नेता साहले बताए ।
सडक निर्माणको क्रममा स्थानीय रामपुकार साह, राकेश राउत, गँगाराम दास, राकेश गुप्ता, कपिल राई लगायतको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…