मन्दिर भत्काउन पुगेपछि मन्दिरमै बसे सर्प र लँगुर, स्थानीय भन्छन -'नाग देवता प्रकट', हेर्नेको भीड
चाईनीज कम्पनीले निर्माण गर्न लागेको ४ लेनको पूर्व पश्चिम राजमार्गमै मन्दिर परेपछि भत्काउन गएका ठेकेदारलाई हिजैदेखि मन्दिर भत्काउन दिएका छैनन् । अहिले सयौँको सँख्यामा स्थानीयहरु जम्मा भएका छन् ।

२०७९ चैत २३ बिहीबार, बिहान १०:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा आज पुनः मन्दिर भत्काउन जाँदा ठेकेदारलाई लँगूर र सर्पले पनि रोकेको छ । डोजर लिएर दोस्रो दिन मन्दिर भत्काउन पुगेका ठेकेदारलाई सर्प र लँगूर देखेपछि पुनः फिर्ता भएका छन् ।
सिरहाको नरहा गाउँपालिका वडा नं. ३ नयाँ चोहर्बाचोकस्थित रहेको डिहबारको मन्दिर भत्काउन खोजेपछि बुधबार लँगूरले अडान लिए भने आज लँगूरसहित सर्प पनि त्यही आएर बसिदिएपछि हेर्नेको भीड लागेको हो ।

लँगूरको साथै सोही मन्दिरमा सर्प समेत आएर बसेपछि त्यहाँ स्थानीयको भीड जम्मा भएको छ । मन्दिरमा भक्ता समेत खेलाउन थालेका छन् । देवता खेलाउन थालेपछि स्थानीयहरुमा त्रास भएको छ ।
चाईनीज कम्पनीले निर्माण गर्न लागेको ४ लेनको पूर्व पश्चिम राजमार्गमै मन्दिर परेपछि भत्काउन गएका ठेकेदारलाई हिजैदेखि मन्दिर भत्काउन दिएका छैनन् । अहिले सयौँको सँख्यामा स्थानीयहरु जम्मा भएका छन् ।
स्थानीयहरुले अब सो मन्दिर कुनै पनि हालातमा भत्काउन नदिने तथा वैकल्पिक मार्ग खोज्न अडान लिएका छन् । मन्दिरको अर्कोपट्टिमा अधिक सडक लिनुपर्ने अडान स्थानीयहरुले लिएका छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…