किशोरीको अर्धनग्न भिडियो टिकटोकमा पोष्ट गर्ने युवक बचाउ गर्दा कुटिए जसपा जिल्ला अध्यक्ष यादव
भिडियो बनाउने मन्जित यादव जसपाबाट महादेवा वडा नम्बर १ को वडा अध्यक्ष पदका प्रत्याशी मनोज यादवका छोरा हुन । आफ्नो पार्टीको भएकोले त्यस्तो संवेदनशिल घटनामा अनैतिक दबाब दिएपछि कुटाई खाएका हुन् ।

२०७९ चैत २२ बुधबार, बिहान ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । जनता समाजवादी पार्टी (जसपा) का सप्तरी जिल्ला अध्यक्ष केदार यादवले आरोपितको पैरवी गर्न जाँदा कुटाई खाएको बताइएको छ ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ पकरीकी एक १६ बर्षिय किशोरी आफ्नै घरको कल (ट्युबेल) मा नुहाईरहेकी अवस्थामा सोही ठाउँ बस्ने मन्जित कुमार यादवले लुकिछिपी भिडियो बनाएर टिकटोकमा हालेपछि प्रहरीले पक्राउ गरेको थियो ।
किशोरी नुहाइरहेको अर्धनग्न भिडियो बनाएर टिकटोकमा हालेका यादवविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो । घटनाको बारेमा अनुसन्धान चलिरहँदा जसपाका जिल्ला अध्यक्ष केदार यादवले आरोपित युवकलाई छुटाउन दबाब दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी उपर छानबिन भईरहेको अवस्थामा जिल्ला अध्यक्ष यादवले गैर–कानुनी रुपले प्रहरी उपर दबाब दिदैँ प्रहरीलाई धाकधम्की देखाउन थालेपछि प्रहरीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मुद्दाका प्रहरी ईन्सपेक्टर नविन थापा मगरले यस्तो संवेदनशिल मुद्दामा संवेदनशिल हुन पटक पटक आग्रह गरेपनि जिल्ला अध्यक्ष यादवले पदको दम्भ प्रदर्शन गर्दै प्रहरीमाथि गैर–कानुनी दबाब दिँदै दुरव्यवहार समेत गरेपछि प्रहरीले कुटपिट गरेको बताइएको छ ।
भिडियो बनाउने मन्जित यादव जसपाबाट महादेवा वडा नम्बर १ को वडा अध्यक्ष पदका प्रत्याशी मनोज यादवका छोरा हुन । आफ्नो पार्टीको भएकोले त्यस्तो संवेदनशिल घटनामा अनैतिक दबाब दिएपछि कुटाई खाएका हुन् ।
जिल्ला अध्यक्ष यादवलाई प्रहरीले कुटिपट गरेपछि केहीबेर नारावाजी गरेका जसपाका कार्यकर्ताहरुले उनको अनैतिक दबाब र मुद्दाबारे बुझेपछि कार्यकर्ताहरु समेत त्यहाँबाट गएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…