जानकी मन्दिरः आफैँले बनाएको नियम उलघंन गरे धनुषाका सिडिओ
सिडिओ दाहालले आफैँ गरेको निर्णयलाई आफैँ उलघंन गरे । सिडिओ दाहालले एक सूचना जारी गर्दै चैत्त १ गतेदेखि जानकी मन्दिर परिसरभित्र अबदेखि जानकी मन्दिरको कार्यक्रम बाहेक बाहिरि कुनै पनि कार्यक्रम नहुने निर्णय गरेका छन् । तर, उनले सोमबार आफैँ मन्दिर सरोकार बाहिरको कार्यक्रम गरे ।

२०७९ चैत २१ मंगलबार, दिउँसो २:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफैँले बनाएको नीति नियमलाई धज्जिया उडाउँदै धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकी मन्दिरमा गैर–धार्मिक कार्यक्रम गरेका छन् ।
जनकपुरधाममा रामनवमीको अवसरमा हिन्दुहरुले निकालेको शोभायात्रालाई मुस्लिम समुदायले अवरोध गरेपछि उत्पन्न विवाद मिलाउन सोमबार निकालिएको सदभाव रैलीको कोणसभा जानकी मन्दिरमै गरेका हुन् ।
गत फागुन १८ गते सिडिओ दाहालले आफैँ सर्वपक्षिय बैठक बसेर जानकी मन्दिरमा जानकी मन्दिरसँग सम्बन्धित धार्मिक कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रम गर्न प्रतिबन्ध लगाएका थिए । तर, सोमबार हिन्दु–मुस्लिमको सदभाव रैली भनेर हिन्दु–मुस्लिम सम्मलित बैठक जानकी मन्दिर परिसरमै राखे ।
सिडिओ दाहालले आफैँ गरेको निर्णयलाई आफैँ उलघंन गरे । सिडिओ दाहालले एक सूचना जारी गर्दै चैत्त १ गतेदेखि जानकी मन्दिर परिसरभित्र अबदेखि जानकी मन्दिरको कार्यक्रम बाहेक बाहिरि कुनै पनि कार्यक्रम नहुने निर्णय गरेका छन् । तर, उनले सोमबार आफैँ मन्दिर सरोकार बाहिरको कार्यक्रम गरे ।
सो सदभाव रैलीमा जानकी मन्दिरका महन्थदेखि विभिन्न मन्दिरका महन्थ, मस्जिदका मौलवी, मुल्लाहरुको पनि सहभागीता रहेको थियो । सिडिओको यो कार्यक्रमको समाजिक सँजालमा विरोध गरिएको छ । आफैँले बनाएको नियमलाई आफैँ उलंघन गरे अन्यले निरन्तर गर्नेप्रति खेद प्रकट गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…