SEE: अँग्रेजीको प्रश्नपत्र आउट गर्ने केन्द्राध्यक्षसहित ५ जना निलम्बन
कारवाहीको लागि केन्द्राध्यक्ष दिनेश प्रसाद साहसहित दुई जना सहायक केन्द्राध्यक्ष र दुई जना नीरिक्षक समेत निलम्बनमा परेको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख श्यामकिशोर गुप्ताले जानकारी दिए ।

२०७९ चैत १७ शुक्रबार, दिउँसो १२:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित एक परीक्षा केन्द्रबाट एसईई अन्तर्गतको पहिलो दिन अँग्रेजी विषयको प्रश्नपत्र आउटपछि केन्द्राध्यक्षसहित पाँच जना निलम्बनमा परेका छन् ।
बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएपछि सिडिओले पाँच जनालाई निलम्बन गरेका छन् । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको थियो ।
कारवाहीको लागि केन्द्राध्यक्ष दिनेश प्रसाद साहसहित दुई जना सहायक केन्द्राध्यक्ष र दुई जना नीरिक्षक समेत निलम्बनमा परेको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख श्यामकिशोर गुप्ताले जानकारी दिए ।
परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…