जनकपुरः अँग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र खुलेपछि परीक्षामा ढिलाई
प्राविधिक गडबडीले अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी पुरीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए ।

२०७९ चैत १७ शुक्रबार, बिहान १०:११ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम क्षेत्रस्थित एसईई परीक्षाको आज पहिलो पदिन अँग्रेजी विषयको साटो नेपाली विषयको प्रश्नपत्र खुलेपछि परीक्षामा ढिलाई भएको हो ।
धनुषाको एक परीक्षा केन्द्रमा अँग्रेजी विषयको साटो नेपाली विषयको प्रश्नपत्र पुगेपछि झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको हो ।
धनुषाको औरही गाउँपालिका स्थित माध्यमिक विद्यालय चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको छ ।
प्राविधिक गडबडीले अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी पुरीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…