मधेश प्रदेशः परीक्षा अगावै अँग्रेजी विषयको प्रश्नपत्र आउट !
न्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेशको बारा जिल्लास्थित एक परीक्षा केन्द्रबाट एसईई अन्तर्गतको पहिलो दिन अँग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परी

२०७९ चैत १७ शुक्रबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेशको बारा जिल्लास्थित एक परीक्षा केन्द्रबाट एसईई अन्तर्गतको पहिलो दिन अँग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो ।
परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको हो ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको छ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…