तपाईको आंसुको हरेक थोपामा हाम्रो साथ छः मुख्यमन्त्री यादव
सन्देशमा –हामी जिम्मेवारीबाट भाग्न सक्दैनौ, भाग्दैनौ पनि तथापि यो प्रदेशको मात्र समस्या होइन् । प्रदेशबाट उठेको देशको समस्या हो । गरिब झन गरिब हुने, भएको सम्पतिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिंतक, योजना विद्, विज्ञहरुलाई आव्हान गर्दछु ।”– उल्लेख छ ।

२०७९ चैत १५ बुधबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजबाट पीडितहरुको लागि आफ्नो भावना व्यक्त गरेका छन् ।
पैदल हिडेर काठमाण्डौ पुगेका र काठमाण्डौ पुग्न नसकी घरमै उकुसमुकुसमा परेका मिटरब्याज पीडितहरुको समस्याप्रति मधेश सरकार गम्भिर रहेको बताएका छन् ।
“मधेशबाट उठेपनि यो समस्या देशकै हो । एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरुमा अत्याचार नै गर्ने द्रव्य पिचाशी प्रवृति देखिएको छ । शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्तरुपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी छ ।जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्दछ । बैंकले बाटो खोल्नुपर्छ । आम जनतामा सहज र सुलभ रुपमा ऋण प्रवाह हुनुपर्दछ । ”– जारी विज्ञप्तिमा उल्लेख छ ।
यसै सन्दर्भमा केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको हामी स्वागत गरेको उल्लेख गरिएको छ । विदेश जान वा अध्ययन गर्न वा अन्य भैपरि गर्जो टार्न ऋण खोज्ने नागरिकहरुलाई मिटरब्याजीहरुबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी औँल्याएका छन् ।
ठूलो वेदना बोकेर काठमाण्डौ पुगेका मिटरब्याज पीडितहरुको हरेक पाइलामा सरकारको साथ, आंसुको हरेक थोपामा मधेश सरकारको पनि सरोकार र दायित्व रहेको प्रष्टयाएका हुन् ।
सन्देशमा –हामी जिम्मेवारीबाट भाग्न सक्दैनौ, भाग्दैनौ पनि तथापि यो प्रदेशको मात्र समस्या होइन् । प्रदेशबाट उठेको देशको समस्या हो । गरिब झन गरिब हुने, भएको सम्पतिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिंतक, योजना विद्, विज्ञहरुलाई आव्हान गर्दछु ।”– उल्लेख छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…