महायज्ञ हिन्दुत्वको लागि शान्तीको प्रतिकः मेयर यादव
कमलाको पश्चिम्पट्टि पोरताहा स्थित जग हुँदैछ सम्पुर्ण हिन्दु धर्म मान्ने भक्तजनलाई दर्शन गर्न आमन्त्रित गरेका हुन । यज्ञमा मधेश प्रदेशका विभिन्न किर्तण मण्डलीहरु सहभागी भएका छ्न । यज्ञमा विभिन्न प्रकारका मुर्तिहरु निर्माण गरिएको छ।

२०७९ चैत १५ बुधबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर जीतनारायण यादवले महायज्ञ हिन्दुत्वको लागि शान्तीको प्रतीक भएको बताएका छन् ।
मँगलबार धनुषाको पोरताहा स्थित बिष्णु महायज्ञ सिताराम महानाम जप महायज्ञ मेयर यादवले एक कार्यक्रम बिच उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
हिन्दु धर्मावलम्बीले शान्तिको प्रतीक मानिएको महायज्ञ हुँदा स्थानीयहरु हर्षित भएका छ्न । “हामी पनि अत्याधिक सहयोग गरेका छौं । यस यज्ञबाट सबैको कल्याण हुने दृढ विश्वास छ ।” मेयर यादवले भने ।
विश्वभरिका जीवहरुलाई शान्तिको कामना गर्दै जग ठानेका जगका महराजी बिद्यार्थी बाबाले बताएका छ्न । १३ गते देखि शुरु भएको यज्ञ २३ गते सम्म चल्ने बाबाले बताए ।
कमलाको पश्चिम्पट्टि पोरताहा स्थित जग हुँदैछ सम्पुर्ण हिन्दु धर्म मान्ने भक्तजनलाई दर्शन गर्न आमन्त्रित गरेका हुन । यज्ञमा मधेश प्रदेशका विभिन्न किर्तण मण्डलीहरु सहभागी भएका छ्न । यज्ञमा विभिन्न प्रकारका मुर्तिहरु निर्माण गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…