मिटरब्याज पीडितसँग उभे डा. सिके राउत
यसअघि महिनौसम्म माइतीघरमा आन्दोलन गरेका मिटरब्याज पीडितहरुलाई सरकारले सुनेनन् । अहिले पनि ग्रामिण भेकमा चर्को ब्याजदर लिएर ऋण लगानी गर्ने, कानुनी चुक्ता गरेपनि कागज नदिने, सोही कागजको आधारमा यौनशोषण, शारिरिक शोषण, यातना दिने, धम्काउने, उठीवास गराउने समस्याले ग्रसित भएपछि पीडितहरु एकजुट भएका छन् ।

२०७९ चैत १३ सोमबार, दिउँसो २:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिटरब्याजीबाट पीडित भएका पीडितहरुसँग जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत उभेका छन् ।
आपत्तिकालिन अवस्थामा ऋण लिँदा २० औँ गुणा अधिक ब्याज लिएर पनि यातना दिने मिटरब्याजीहरुसँग न्याय दिलाउन पीडितको पक्षमा डा. राउत उभिएका छन् ।
तराई मधेशबाट पैदल हिडेर राजधानी काठमान्डौँसम्म पुगेका मिटरब्याज पीडितहरुसँग भेँट गर्दै डा. राउतले आफू सँसदमा यसको लागि आवाज उठाइसकेको र कार्यन्वयनको लागि निरन्तर साथ र सहयोगको प्रतिवद्धता जाहेर गरे ।
डा. राउतले सोमबार दिउँसो मिटरब्याज पीडितलाई भेट्न आफैँ काठमाडौं चन्द्राग्रही मातातिर्थ मन्दिर पुगेका थिए । उनले कारवाहीको लागि पहलको प्रतिवद्धता जाहेर गरे ।
मिटरब्याज पीडितहरुले “तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीलाई कारवाही गर, मिटरब्याज विरुद्ध कानुन निर्माण गर, सुदखोरलाई कारवाही गर” जस्ता प्लेकार्ड बोकेर समस्या सुनाउन काठमान्डौँसम्म पुगेका छन् ।
यसअघि महिनौसम्म माइतीघरमा आन्दोलन गरेका मिटरब्याज पीडितहरुलाई सरकारले सुनेनन् । अहिले पनि ग्रामिण भेकमा चर्को ब्याजदर लिएर ऋण लगानी गर्ने, कानुनी चुक्ता गरेपनि कागज नदिने, सोही कागजको आधारमा यौनशोषण, शारिरिक शोषण, यातना दिने, धम्काउने, उठीवास गराउने समस्याले ग्रसित भएपछि पीडितहरु एकजुट भएका छन् ।
यद्यपी, कैयौँ मिटरब्याजीहरु अहिले जेलमा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…