दाईजो मागेर श्रीमति कुट्ने श्रीमान जेल चलान
आदेशमा आरतीलाई निज बसी आएको घरमा वसोवास गर्न दिनु, खान लाउन दिनु तथा कुटपिट र गाली बेइजत नगर्नु भनिएको थियो । त्यती बेला पनि घर प्रवेश गराउन खोज्दा परिवारजनले घरको मुल गेटमा भित्र पट्टीबाट ताला लगाएर बसेका थिए ।

२०७९ चैत ११ शनिबार, राति ८:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । दाईजोका नाममा श्रीमान्संगै परिवारका अन्य सदस्यले शारिरीक र मानसिक यातना, कुटपिट, गर्भपतन, खान लगाउन नदिने र घर निकाला सम्मको कसुर गरेको भन्दै सप्तरी जिल्ला अदालतले राजविराजका एक युवकलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको छ ।
मुख्य न्यायाधिश हेमन्त रावलको एकल इजलासले राजविराज ३ निवासी ३० वर्षिय नवीनकुमार दासलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश दिएको हो ।
दास विरुद्ध परेको विवाह सम्बन्धि कसुर र गर्भपतन मुद्दामा थुनछेक बहस पछी शुक्रवार कारागारमा पठाउने आदेश जारी गरे लगतै प्रहरीले उनलाई राजविराज कारागार चलान गरेको छ ।
उनको श्रीमती २३ वर्षिया आरती कुमारी दास न्यायका लागी अदालतको शरणमा पुगेकी थिईन । यस अघि घरेलु हिंसाको मुद्दामा समेत जिल्ला अदालतले आरतीको पक्षमा संरक्षनात्मक आदेश जारी गरेको थियो ।
तीन घण्टा लामो थुनछेक वहसमा पीडित महिला आरतीका तर्फबाट प्रदेश सभासदस्य समेत रहेकी अधिवक्ता किरण कुमारी साह, केशव दास लगायत ५ जना कानुन व्यवसायीले बहस गरेका थिए । अधिवक्ता साहले पीडित महिला आरतीलाई न्याय दिलाउन गरेको प्रयासमा न्यायमुर्ती रावलले गरेको पैmसलाले न्याय र अदालत प्रतिको आस्था र विश्वास मजवुत बनाउने काम गरेको बताईन ।
मुद्दामा विपक्षी बनाइएका सासु, ससुरा र नन्दलाई समेत मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गरी कारवाही सजायको माग गरिएको छ । हाल उनीहरु फरार रहेको बताइएको छ ।
आदेशमा आरतीलाई निज बसी आएको घरमा वसोवास गर्न दिनु, खान लाउन दिनु तथा कुटपिट र गाली बेइजत नगर्नु भनिएको थियो । त्यती बेला पनि घर प्रवेश गराउन खोज्दा परिवारजनले घरको मुल गेटमा भित्र पट्टीबाट ताला लगाएर बसेका थिए ।
पटक पटक आग्रह गर्दा पनि ढोका न खोलेपछी कानून व्यवसायी, संचारकर्मी, जनप्रतिनीधी, प्रहरी र स्थानीय भरभलादमीले बाहिरबाट सिढी लगाएर आरतीलाई घरको कम्पाउण्ड भित्र छिराएको थियो ।
तर, अदालतको आदेशको पालना नगरी श्रीमान नविन, सासु, ससुरा, नन्द र परिवारका अन्य सदस्यहरु मिली फेरी त्यस्तै प्रकृतिको व्यवहार दोह¥याउन थालेको भन्दै आरती पुनःअदालतको शरणमा पुगेकी थिइन ।
उनले अदालतमा पेश गरेको विवाह सम्बन्धि कसुर र गर्भपतन सम्बन्धि मुद्दामा थप ५० लाख दाईजो माईतबाट लिई आउन परिवारजनले दवाव दिन थालेको र इन्कार गर्दा गर्भवती अवस्थामा समेत खान लाउन नदिई कुटपिट गरेपछी २ महिना २ दिनको गर्भ समेत तुहिएको उल्लेख गरेकी छिन ।
गर्भ तुहिएको सम्बन्धि मेडिकल रिर्पोट पनि पेश गरेकी उनले दाईजोका लागी पटक पटक शारिरीक र मानसकि यातना मात्र होइन । घरमा खान लाउन पनि नदिदाँ कतिपय दिन भोक भोकै वस्नु परेको त कतिपय दिन माइतीबाट खाना खर्च मगाई खानाको जोहो आपैmले गर्नू परेको पीडा उल्लेख गरेकी छिन ।
अनुसार विवाह सम्पन्न भएको थियो । तर, थप दाईजोको मागका लागी आरती र माईती पक्षलाई दवाव बढाँउदै लगेपछी आन्तरिक कलह बढ्दै गएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…