न्यूजब्यूरोको पत्रकार पुगेपछि मालपोत कार्यालय सिरहाका दलाल–कर्मचारी अफिस छाडेर भागे
न्यूज ब्यूरो सिरहा टिमले गरेको स्टींग अपरेशनमा मालपोत कार्यालय सिरहाको कार्यालयको हरेक कोठामा बिचौलियाको बिगबिगी देखिएको थियो । कोठामा गएर यहाँ सेवाग्राही पनि हुनुहुन्छ भन्दैमा कोठा बाट ३–४ जना बिचौलिया तुरुन्तै भागेका थिए।

२०७९ चैत ११ शनिबार, बिहान ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा स्टीँग अपरेशन गर्न पुगेका न्यूज ब्यूरोका पत्रकारहरु पुगेपछि दलाल–कर्मचारीहरुमा भागमभाग मच्यो ।
शुक्रबार जिल्ला मालपोत कार्यालय सिरहामा न्यूज ब्यूरोको टिम पुग्दा बिचौलिया र कर्मचारीको भागमभाग भएको थियो।
जिल्ला मालपोत कार्यालय सिरहामा पछिल्लो समय बिचौलियाहरुले सेवाग्राहीलाई दुःख दिन थालेको तथा भित्रका कर्मचारीहरुले समेत दलालीमा तल्लिन रहेको जनगुनासोको आधारमा स्टींग अपरेशन गर्न मालपोत कार्यालय पुगेका न्यूज ब्यूरोको टिमलाई चिनेपछि उनीहरु भागे । कार्यलयमा कर्मचारी अभावका कारण भन्दै बिचौलीयाहरुलले फष्टाउन थालेका छन ।
मालपोतका सेटिँगबाला कर्मचारी जीतेन्द्र यादव कार्यलयमा बिचौलीया र लेखापढी व्यवसायीको दादागिरी बढेको सेवाग्राहीले बताएका छन् । कर्मचारी अभाबले गर्दा काम गर्न नसकेकोले लेखापढी ब्यबसायीहरुको सहायताबाट कार्यालयको काम सम्पादन हुँदै आएको छ । यद्यपी, कर्मचारीको कृतिम अभाव सृजना गरी दलालीमा व्यस्त देखिएका छन् ।
न्यूज ब्यूरो सिरहा टिमले गरेको स्टींग अपरेशनमा मालपोत कार्यालय सिरहाको कार्यालयको हरेक कोठामा बिचौलियाको बिगबिगी देखिएको थियो । कोठामा गएर यहाँ सेवाग्राही पनि हुनुहुन्छ भन्दैमा कोठा बाट ३–४ जना बिचौलिया तुरुन्तै भागेका थिए। एक जना बिचौलिया कार्यालयको अधिकारिक कर्मचारी जितेन्द्र यादव संग कुराकानी गर्दै गर्दा न्यूज ब्यूरो टिम पुगेसी बिचौलिया भागेको थियो, यस बारे यादवसंग सोधपुछ गर्दा आफुले नचिनेको प्रतिक्रिया दिए, र कोठा भित्र कसरी प्रवेश गर्न पाए, मुख्य ढोकामा ताला लागेको उनले जवाफ दिए ।
कार्यालयको हरेक फाँटमा गएर यस्तै गर्दा हरेक फाँटमा ४–५ जना सम्म सामान्य लेखापढी गर्ने बिचौलिया भाग्न बाध्य भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…