जनकपुरधाम उपमहानगरपालिकामा 'भ्याकेन्सीमा सेटिँङग'
यता, विज्ञापनको सन्दर्भमा मेयर साहलाई सम्पर्क गर्दा उनले व्यवस्तता जनाए भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशिले उपचारको समस्या जनाए । नगरपालिकाका सूचना अधिकारी उमाशँकर मल्लिकले भने भारी सँख्यामा आवेदक भएकोले उनीहरुलाई व्यवस्थापन गरी अन्तिम सूचि निकाल्ने तयारी गरिरहेको जानकारी दिए । गत मँसिर २९ गते प्रकाशित गरिएको विज्ञापनमा विभिन्न ३४ पदको लागि आवेदन खुलाइएको थियो । सोको लागि ५ हजार जनाभन्दा अधिकले आवेदन दिएका हुन् ।

२०७९ चैत १० शुक्रबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले विभिन्न पदमा निकालिएको भ्याकेन्सीमा सेटिँङग गर्न लागेको आरोप लगाइएको छ ।
गत मँसिरमै प्रकाशित गरिएको विभिन्न पदको विज्ञापनको लागि हजारौँ उम्मेदवारहरुले फाराम भरेका छन् । निश्चित समयसीमा भित्र नगरपालिकाले उम्मेदवारहरुको छनौट नगरेको भन्दै मेयर साहले पद बेचबिखचनको सेटिङग गर्न लागेको आरोप लगाइएको छ ।
गत मँसिर २९ गतेमा सार्वजनिक गरिएको विभिन्न पदको विज्ञापनको लागि करिब ५ हजार जनाले आवेदन दिएका छन् । विभिन्न पदको लागि माग गरिएको आवेदनको दस्तुर १००० रुपैयाँ राखिएको थियो ।
माघ १ गतेसम्म सूचि जारी गरी उम्मेदवारहरुलाई प्रक्रियामा बोलाइने भनिएपनि आधा चैत्त मसान्तसम्म समेत कसैलाई नबोलाउँदा रकमको चलखेल गर्न खोजिएको आरोप एक उम्मेदवारले लगाए । उनले समयसीमाभन्दा यति धेरै समय वितिसक्दा पनि अहिलेसम्म कुनै टुँगो नलगाएको भन्दै पद बेचबिखनको सेटिँग हुन थालेको आरोप लगाए ।
गत माघ १ गतेको दिन अन्तरवार्ताको समय दिएको थियो । तर, सो दिन सार्वजनिक विदाको बहाना बनाउँदै नगरपालिकाको कर्मचारीले अन्तरवार्ता सारेको थियो । अन्तरवार्ता अहिलेसम्म सुरु नगरिएको उनीहरुको गुनासो छ ।
यता, विज्ञापनको सन्दर्भमा मेयर साहलाई सम्पर्क गर्दा उनले व्यवस्तता जनाए भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशिले उपचारको समस्या जनाए । नगरपालिकाका सूचना अधिकारी उमाशँकर मल्लिकले भने भारी सँख्यामा आवेदक भएकोले उनीहरुलाई व्यवस्थापन गरी अन्तिम सूचि निकाल्ने तयारी गरिरहेको जानकारी दिए ।
गत मँसिर २९ गते प्रकाशित गरिएको विज्ञापनमा विभिन्न ३४ पदको लागि आवेदन खुलाइएको थियो । सोको लागि ५ हजार जनाभन्दा अधिकले आवेदन दिएका हुन् ।
पदपूर्ति सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति २०७९।८।२९गते A.pdf
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…