गृह तथा सञ्चारमन्त्री सिंहको सचिवालयले भन्यो - मन्त्रीसँग ४ वटा होइन, एउटै गाडी छ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले ४ वटा गाडी प्रयोग गरिरहेको भनेर सार्वजनिक भएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ । मन्त्री सिंहको सचिवालयले उक्त समाचार निराधार र भ्रामक रहेको बताएको हो । केहि दिनअघि मन्त्री सिंहले चारवटा चारपांग्रे गाडी आफूसँगै

२०७९ चैत ५ आइतबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले ४ वटा गाडी प्रयोग गरिरहेको भनेर सार्वजनिक भएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ ।
मन्त्री सिंहको सचिवालयले उक्त समाचार निराधार र भ्रामक रहेको बताएको हो । केहि दिनअघि मन्त्री सिंहले चारवटा चारपांग्रे गाडी आफूसँगै राखेको समाचार सार्वजनिक भएको थियो ।
तर, सचिवालयले मन्त्री सिंहले एउटा मात्रै गाडी चढिरहेको जनाएको छ । सचिवालयका अनुसार, एउटा अर्को गाडी भने विकल्पका रुपमा स्ट्यान्डबाई राखिने गरिएको छ । मन्त्रालयसँग जम्मा १० वटा गाडी रहेको पनि सचिवालयले जनाएको छ ।
जसमध्ये ३ वटा बिग्रेर थन्किएको अवस्थामा रहेको, एउटा राज्यमन्त्रीले चढ्ने गरेको, एउटा सचिव, एउटा उपसचिव, एउटा पछुवाले प्रयोग गरिरहेको तथा एउटा गाडी मर्मतका लागि ग्यारेजमा रहेको छ ।
मन्त्री सिंहको सचिवालयले तथ्य नबुझेर गरिने पत्रकारिताले आम जनताको प्रेसप्रतिको विश्वास घट्ने भन्दै सत्यतथ्यमा टेकेर समाचार सम्प्रेषण गर्न आग्रहसमेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…