स्ववियू चुनावः राराब क्याम्पसमा मात्र ३६ प्रतिशत मत खस्यो
रा.रा.ब.मा भएको स्वीयू चुनावमा नेविसँघका मनिस कुमार यादव र लोविसँघका प्रशान्त झा प्यानलबीच टक्कर हुने चर्चा बाहिर चलेको हो । आज रातीदेखि नै मतगणना हुने जनाइएको छ ।

२०७९ चैत ५ आइतबार, दिउँसो ४:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) चुनावमा आईतबार जनकपुरको रा.रा.ब. क्याम्पसमा कुल मतदाताको मात्र ३६ प्रतिशत मत खसेको हो ।
रा.रा.ब. क्याम्पसमा झण्डै ७२०० मतदाता दर्ज रहेकोमा मात्र २६६२ मत खसेर मतदान सम्पन्न भएको जनाइएको छ । सो अनुसार, कुल मतदाताको मात्र ३६ प्रतिशत मत खसेको हो ।
रा.रा.ब.मा भएको स्वीयू चुनावमा नेविसँघका मनिस कुमार यादव र लोविसँघका प्रशान्त झा प्यानलबीच टक्कर हुने चर्चा बाहिर चलेको हो । आज रातीदेखि नै मतगणना हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…