जनकपुरको रा.रा.ब. मा स्वीयू चुनावः त्रिपक्षीय भिडन्तको सम्भावना, नियमित उम्मेदवार बलियो

२०७९ चैत ५ आइतबार
बिहान ०८:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । झण्डै १४ बर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) चुनावको लागि मतदान सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित चर्चित रा.रा.ब. क्याम्पसमा स्वीयू चुनावी उम्मेदवारहरुमध्ये त्रिपक्षिय भिडन्तको सम्भावना देखिएको छ । 

स्वीयू चुनावको लागि जनकपुरको रा.रा.ब. क्याम्पसमा हुन लागेको निर्वाचन प्रक्रियापछिको आँकलनमा नेपाल विद्यार्थी सँघ (नेविसंघ), लोकतान्त्रिक विद्याथी संघ र जनमत विद्यार्थी संघबीच त्रिपक्षीय पहलवानी हुने सँकेत देखिएको छ । 

लोकतान्त्रि विद्यार्थी संघका सभापति उम्मेदवार प्रशान्त झा

यद्यपी, रा.रा.ब. क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारहरुलाई चुनावमा सहज भएको छ । नेविसंघका उम्मेदवार मनिष यादवलाई सांगठनिक बलियोपन र कलेजमा नियमित जमघटले उनलाई चुनावको लागि सहज बनाएको छ । रा.रा.ब. क्याम्पसमा मनिष यादवको नियमित पहलकदमीले उनको मूल्याँकन अनुसार यादवको पल्ला तल देखिएको छ । 

नेपाली काँग्रेसको विद्यार्थी एवम् भातृ संगठन रहेको नेविसंघका विद्यार्थीहरुले रा.रा.ब. क्याम्पसमा गरेको मिहिनेत, नियमित सहयोग, नियमित विद्यार्थी भेंटघाट, नियमित विद्यार्थीहरुसँगको अन्तरक्रियाले यस अनुमानित त्रिपक्षिय भीडन्तमा मनिष यादव अगाडी रहने सम्भावना पनि उत्तिकै छ । 

यस्तै, पाँच दलिय गठबन्धनबाट उम्मेदवारी दिएका गौत्तम यादवले मनिषलाई हैरान पार्ने मुडमा देखिएका छन् भने लोकतान्त्रिक विद्यार्थी संघका प्रशान्त झाको प्यानल पनि उत्तिकै बलियो मानिएको छ । रा.रा.ब.मा साईलेन्ट किल्लर बनेका प्रशान्त झालाई भौगोलिक हिसाबले मत परे उक्लिने सम्भावना देखिन्छ भने गौत्तम यादवलाई गठबन्धनको विद्यार्थीले सहयोग गरे उनले लोविसंघलाई ओभरटेक गर्न सक्ने संकेत देखिएको छ । 

शनिबार राती २ बजेसम्म देखिएको जनकपुरको माहौलले नेविसंघका मनिष यादवको यस चुनावी कुस्तीमा बलियो पहलवानको रुपमा उभिएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री गगन थापाले समेत मनिषको लागि सम्वोधन वक्तत्व दिएपछि अलमलमा रहेका मतदाता विद्यार्थीहरु उनीतर्फ मोडिएका हुन् । 

यी भिडन्तमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी जनमत संघ यी तिनैलाई सताउने स्थिति सृजना गरिदिएको छ । डा. सिके राउतप्रतिको विद्यार्थीहरुको क्रेज मन्त्र र भावना मतदानसम्म जिवन्त रहे जनमत संघका ईजाज अन्सारीको प्यानलले आकस्मिक अवतरण गर्ने सम्भावना पनि उत्तिकै देखिएको छ । 

अन्य संगठनभन्दा फरक र विद्यार्थी भावना अनुसार कार्य गरेका विद्यार्थी जनमत संघको प्यानले अन्य तीन विद्यार्थी पहलवानलाई टक्कर दिने सम्भावना पनि बलियो छ । 


चर्चामा रहेका उम्मेदवारहरुमध्ये को बलियो ?

रा.रा.ब. क्याम्पसमा वर्तमान विभिन्न संगठनका उम्मेदवारहरुभन्दा मनिष यादवको लगाव अधिक छ । नियमित रुपमा रा.रा.ब. क्याम्पसमै विद्यार्थीहरु माझ अधिक समय दिएका मनिष यादवले चुनावी तयारी विगत एक बर्षदेखि नै नियमित बनाएका छन् । नियमित रुपमा कक्षाकोठामा जाने, समस्या बुझ्ने, विद्यार्थी सहयोगको लागि अग्रसर हुँदै आएका उम्मेदवार हुन । 

मनिष यादव बाहेकका अन्य उम्मेदवारहरुले गत दुई महिनादेखि मात्र रा.रा.ब.मा सक्रियता देखाएका उम्मेदवारहरु हुन् । प्रत्यक्ष राजनीतिमा चासो राख्दै आएका विद्यार्थीहरु नेताहरुले आफ्नै अखाडालाई कम समय दिएका उम्मेदवारहरु पनि हुन् । मूलधारको राजनीतिज्ञले हस्तक्षेप नगरे रा.रा.ब. क्याम्पसमा रोमाञ्चक पहलवानी हुने पनि संकेत देखिएको छ । 

(चुनावी माहौलको आधारमा मात्र )


 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७९ चैत ५ आइतबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus