झा र शेखलाई जनही दुई लाख दिइने : मुख्यमन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । विश्वकप छनौट प्रतियोगितामा आज युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उहाँले नेपाली टीम, प्रशिक्षक

२०७९ चैत ३ शुक्रबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आइसीसी क्रिकेट विश्वकप–२ एक दिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
विश्वकप छनौट प्रतियोगितामा आज युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उहाँले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिनुभएको छ ।
खेलाडी राष्ट्रका गहना हुन, भन्नुहुँदै उहाँले मधेश प्रदेशका खेलाडी गुलशन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गर्नुभयो ।
तपाईहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुशी लागेको छ, उहाँले भन्नुभयो । यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उहाँले प्रशंसा गर्नुभयो ।
मधेश प्रदेश सरकारले यस प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले आप्mनो खेलद्वारा मधेशको मान बढाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
यही अवसरमा मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरुप मधेश प्रदेश सरकारको तर्पmबाट जनही दुई÷दुई लाख नगद प्रदान गर्ने घोषणा गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…