सिरहामा क्रसर माफियाको भागमभाग, पत्रकारको सवारीमा तोडफोड , तीन जेसिवी पक्राउ

२०७९ फाल्गुण २९ सोमबार
रति ८:५८ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा न्यूज ब्यूरोको पत्रकारको टोली अवैद्य उत्खनन स्थलमा पुगेपछि ग्राभेल माफियाहरुको भागमभाग भएको छ । सोमबार स्थगलत रिपोर्टिङगमा गएका न्यूज ब्यूरोका पत्रकारहरु पुग्ने वित्तिकै ट्रिपर छाडेर भागमभाग भएको हो । 

क्रसर माफियाले अवैद्य उत्खनन थालेपछि जिल्ला समन्वय समिति सिरहाले अनुगमन सुरु गरेको हो । अनुमगन टोलीसँगै न्यूज ब्यूरोका पत्रकार समेत सहभागी भएपछि माफियाहरुमा भागमभाग भएको हो ।

सोही क्रममा जिल्ला समन्वय समिति सिरहाले अवैध रुपमा ग्राभेल उत्खन गरिरहेको गोप्य सूचना पाए लगतै अनुगमनमा निस्केको थियो ।

ग्राभेल उत्खनन भईरहेको भन्ने सुचनाको आधारमा समन्वय समितिका प्रमुख दिनेश कुमार महतोको नेतृत्वमा गएको टोलिले गोलबजार नगरपालिका वडा नम्बर ९ डण्डा र नरहा गाउँपालिका वडा नं  ३ स्थित नयाँ चोहर्वाबाट तीनवटा स्काभेटर नियन्त्रणमा लिएको हो।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतो, उपप्रमुख दिलिप कुमार लामा, समन्वय अधिकारी द्रोपति कुमारी यादव, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि बिकाश प्रधान नासु सहित सशस्त्र तथा जनपथ प्रहरी, पत्रकारहरुरुको सहभागीता रहेको थियो।

यसका साथै, गोलबजार ९ मा पनि अवैधरुपमा ग्राभेल खानी सञ्चालन भईरहेको छ। वनक्षेत्र देखि मुस्कीलले २५ मिटरको दुरीबाट उत्खनन गरी बनक्षेत्रको बाटो प्रयोग गर्दा समेत वन अधिकारीहरु मौन देखिन्छ। स्थानीय जनप्रतिनिधीको मिलेमत्तोमै खानी सञ्चालन भईरहको छ । 

यस आर्थिक वर्षमा हाल सम्म गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा दुई ओटै पालिकामा एउटा पनि कुनै व्यक्ति वा संस्था कसैले पनि ग्राभेल, वालुवा वा माटो उत्खननको लागि दर्ता न-गरेको सम्बन्धित अधिकारिक व्यक्तिले जानकारी दिए । 

नरहा गाउँपालिका वडा नम्बर ३ मा रहेको उत्खनन स्थलमा उपस्थित व्यक्तिहरु लगायत संचारकर्मीले अनुगमन गर्न जाँदा माफियाहरुले संचारकर्मीको मोटरसाईकलमा खुट्टाले हिर्काइ मोटरसाईकल झारेको थियो। दुई ओटा मोसा रहेको दुवै लडेको अवस्थामा थियो। एउटा मोसामा सामान्य स्क्राच र एउटा मोसाको लुपिंग मिरर (ऐना) फुटेको अवस्थामा रहेको थियो । 

सो, स्थानमा सिरहाका नामुद क्रसर माफिया राम दयाल यादवको ट्रिपर सँचालनमा रहेको पाईएको छ । यसअघि पनि यादवको ट्पिर निरन्तर वन क्षेत्र उत्खनन गर्दै आएको छ । 

  • 14%
  • 43%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७९ फाल्गुण २९ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus

} }