
न्यूज ब्यूरो, जनकपुरधाम । छोराको बिहेमा दाइजो लिएको निहुमा नेहा चौधरीकी ससुरा पक्राउ परेका छन् ।
महोत्तरी रामगोपालपुर नगरपालिका –५ का ६० वर्षीय रामप्रवेश चौधरी पक्राउ परेका छन् । उनी नेहाकी ससुरा रहेका छन् । फरार रहेका पंकजका बुवालाई पनि लुकिछिपी बसिरहेको अवस्थामा मनरासिस्वा नगरपालिका– २ कट्टी गाउँ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलेमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच सम्बन्धमा चिरा परेको थियो ।
नेहाले दाइजोमा पंकजले काठमाण्डुमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।
नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।
कानुनमा दाईजो लिने र दिने दुवैलाई सजाय हुने उल्लेख भएपनि दाईजो दिने नेहा चौधरीको बुवालाई अझै कारवाही भएको छैनन् ।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०७९ फाल्गुण २९ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्