जनकपुरः प्रहरी हिरासत फोडेर भागेका थप एक थुनुवा पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ६ जनामध्ये थप एक जनालाई वीरगँजबाट पक्राउ गरिएको हो । वीरगँज महानगरपालिका वडा नं. १६ इनर्बास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

२०७९ फागुन २८ आइतबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवाहरू मध्ये थप एक जना पक्राउ परेका छन् ।
गत माघ १६ गते विहान करिब ३ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत तोडेर भागेका ६ जना थुनुवा फरार भएका थिए । सोही क्रममा ४ जना थुनुवालाई यसअघि नै पक्राउ गरिएको छ भने शनिबार विहान थप एक जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ६ जनामध्ये थप एक जनालाई वीरगँजबाट पक्राउ गरिएको हो । वीरगँज महानगरपालिका वडा नं. १६ इनर्बास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
हिरासत फोडेर फरार रहेका थुनुवा मध्ये हातहतियार खरखजाना मुद्दाको अन्दाजी वर्ष ३६ को शंकर सिंह महतोलाई तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका संयुक्त प्रहरी टोलिले व्यापक सर्च अपरेशन चलाई खोज तलाश गर्दे जाने क्रममा उनलाई पक्राउ गरेको हो ।
६ जनामध्ये ५ जना पक्राउ परेका छन् भने अझै एक जना फरार रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…