धनुषाका सिडिओको डिजे बन्दको आदेश फुस्स्स, धनुषा प्रहरी पनि भुस्स्स !
बिहेबारी, मटकोर, पूजाआजाको बहानामा चर्को साउण्डमा सुन्ने नसकिने खालको गीतहरु बजाएर विद्यार्थीहरुलाई समेत प्रभावित गरेको हो । केही दिनपछि हुने एसईई परीक्षाको लागि पढन बसेपनि डिजेको चर्को आवाजले उनीहरु पढन पाइनरहेको गुनासो गरेका छन् । केही दिनपछि कक्षा ११ र १२ को समेत परीक्षा तोकिएको छ । तर, डिजेले उनीरुलाई शान्तीपूर्वक भने अध्ययन अध्ययापन गर्न नदिएको गुनासो गरिएको हो ।

२०७९ फागुन २७ शनिबार, बेलुकी ५:४७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले धनुषामा राती १० बजेपछि चर्को साउण्डमा डिजे, हरन बजाउन नपाउने दिएको निर्देशन र आदेश फुस्स्स (कार्यन्वयन नभएको) भएको छ ।
होली पर्वभन्दा अगाडी नै सिडिओ दाहालले धनुषा जिल्लाभरि राती १० बजेदेखि चर्को साउण्डको कुनै पनि उपकरण, ध्वनी प्रदुषण हुने उपकरण, डिजेमा अश्लिल, छाडा शब्दको गीत बजाउन प्रतिबन्धत गरेपनि कार्यन्वयन भने शून्य देखिएको छ ।
पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी ईलाका क्षेत्रसहित आसपासका अन्य ईलाकाहरु शासित गाउँहरुमा सिडिओको आदेशपछि डिजेबालाहरु झन अधिक बजाउन थालेको पाइएको छ । तराई मधेशमा फागुन मसान्तसम्म मात्र बिहेको लगन हुने र चैत्त मसान्तभरि कुनै लगनगाँठ नहुने भएकोले अन्तिम समयमा डिजेले आम सर्वसाधारणलाई आतँकित पारेको छ ।
ईलाका प्रहरी कार्यालय खजुरी पर्ने खजुरी, चन्हा, बल्हा, साघारा, कठाल, महुवा, माचि झिटकैया, सराबे, मँगराहा, लगमा, मानपट्टि, लक्कड, टरिया, मरान, सखुवा, उदहा, इनरबा लगायतका गाउँहरुमा डिजेको आतँकले आम सर्वसाधारण आतँकति भएका छन् ।
सिडिओ राती १० बजेपछि बजाउनै नपाउने र बजाउनै परेमा एकदम कम साउण्डमा मात्र बजाउन पाउने भनेपनि साँझ ७ बजेदेखि राती १ बजेसम्म कानकै जाली फुट्ने गरी चर्को साउण्डमा भोजपुरी, मैथिली अश्लिल गीतहरु बजाउँदै स्थानीयहरुलाई आतँकित बनाएको हो ।
बिहेबारी, मटकोर, पूजाआजाको बहानामा चर्को साउण्डमा सुन्ने नसकिने खालको गीतहरु बजाएर विद्यार्थीहरुलाई समेत प्रभावित गरेको हो । केही दिनपछि हुने एसईई परीक्षाको लागि पढन बसेपनि डिजेको चर्को आवाजले उनीहरु पढन पाइनरहेको गुनासो गरेका छन् । केही दिनपछि कक्षा ११ र १२ को समेत परीक्षा तोकिएको छ । तर, डिजेले उनीरुलाई शान्तीपूर्वक भने अध्ययन अध्ययापन गर्न नदिएको गुनासो गरिएको हो ।
धनुषाको ईलाका प्रहरी र प्रहरी चौकीका प्रहरीहरुले समेत गाउँलेको डरले केही गर्न नसकेको स्वीकारोक्ति गरेका छन् । रक्सी खाएर मात्र नाच्ने, मातेका युवक किशोरहरुले प्रहरीलाई समेत थर्काउने गरेको घटना टन्नै छ । यद्यपी, प्रहरीले भने मौनता साध्दै बाध्यता प्रदर्शन गरेका छन् । (प्रहरीले हरेश खानुको सन्दर्भमा स्थानीय भाषा अनुसार भुस्सस प्रयोग गरिएको छ ।)
जिल्ला प्रशासनले दिएको निर्देशन र आदेश अहिलेसम्म समेत पालना नभएको भन्दै यसलाई कडाईका साथ गर्नको लागि डिजे जफत गर्न अभियान चलाइए मात्र प्रभावकारी लागू हुने बताइएको छ । डिजेबालाहरुसँगको छलफल गरी प्रहरी प्रशासनले तोकिएको समय सीमा, मापदण्ड बाहेकको गतिविधि गरिए डिजे भ्यान नै जफत गरी कारवाही गर्ने सहमति गरिए डिजेको आतंक शतप्रतिशत नियन्त्रण हुने स्थानीयहरु बताउँछन् ।
प्रशासनले आफैले दिएको निर्देशन पालना गराउनको लागि डिजे उठाउने, जफत गर्ने, चर्को जरिवाना गर्नेको अर्को विकल्प नभएको स्थानीयहरुको भनाई छ । धनुषा प्रहरी पनि यसमा निमुखा (भुस्स्स) झैँ बनेको देखिन्छ ।
खजुरीका तत्कालिन ईन्सपेक्टर हिरेन्द्र रोकायाले डिजे नियन्त्रणमा बनाएको नजीर
ईलाका प्रहरी कार्यालय खजुरीका तत्कालिन प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हिरेन्द्र रोकायाले धनुषाको पूर्वी क्षेत्रमा डिजे नियन्त्रण गर्ने नजिर कायम गरेका थिए । उनको कार्यकालमा प्रशासनको आदेश पूर्ण रुपमा पालन गराउन भ्यानमा दर्जनौ प्रहरी गएर सीधा मेसिन र डिजे लिएर ठाउँको ठाउँ कारवाही गर्दा ईलाकावासीहरुले उनको प्रशँसा समेत गरेको थियो ।
९ बजेपछि नै डिजे बजाउने, चर्को साउण्डमा डिजे बजाउने, अश्लिल गीत बजाउने डिजेहरुलाई आफैँ गएर उठाएर ल्याउने उनको प्रवृतिले यहाँका सर्वसाधारणहरु खुसी थिए । ईन्सपेक्टर रोकायाले आफ्नो कार्यकालमा दर्जनौ डिजेलाई ईलाका प्रहरीमा थन्काएर कारवाही गरेका थिए । एक महिनासम्म नै मेसिन नदिने, डिजे भ्यान नदिने, आईन्दा त्यस्तो गलती नदोहरयाउने शर्तमा दिएपनि पुनः उजुरीको आधारमा हप्तौसम्म मेसिन नदिँदा डिजेबालाहरुले घुँडा टेकेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…