५ डिआईजीको एआईजीमा बढुवा सिफारिस, मधेश प्रदेशका डिआईजी कुँवर १ नम्बरमा
गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो। आयोगले अनुमति दिएसँगै शुक्रबार पाँच जनालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।

२०७९ फागुन २६ शुक्रबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका डीआईजीसहित नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षिकहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्।
शुक्रबार गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो।
आयोगले अनुमति दिएसँगै शुक्रबार पाँच जनालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।
बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…