उद्धारको बहानामा युवतिलाई दुरव्यवहार गरेको भन्दै नेश्नल मेडिकल कलेज सँचालकका छोराहरु खोरमा
प्रहरी स्रोतका अनुसार वीरगन्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक तथा एमाले नेता बशरुद्दिन अन्सारीका छोरा जहांगिर अन्सारी उनको भतिजो तारिक अन्सारी सहित मेडिकल कलेजका ४ जना डाक्टरहरुले युवतीलाई दुव्र्यहार गरेका छन् ।

२०७९ फागुन २६ शुक्रबार, बिहान ११:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । गत मंलबार सांझ करिब साढे ८ बजेको समयमा वीरगन्जको लिंक रोडमा युवा्युवती एउटा बाईकमा सवार भई घर फर्किने क्रममा दुर्घटनामा परिन् । बाईकमा सवार दुबै जना भुईमा लडे । त्यहाँ रहेका ६ जना युवाको समूहले युवतीलाई उद्दार सहयोग गर्न आइपुगे । सहयोगको बहानामा युवाहरुले युवतीलाई दुव्र्यहार गर्न थाले ।
युवाहरुले अत्यधिक मदिरा सेवन गरेका थिए । युवतीले प्रतिकार गरिरहेकी थिइन् । केही बेरमा आइपुगेको प्रहरीले ती युवाहरुलाई युवती भन्दा टाढा पार्न खोजेका थिए । तर, युवाहरुले प्रहरीसंग पनि दुव्र्यहार गरे । जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको थप टोलीले ती उच्छृखंल युवाहरुलाई नियन्त्रणमा लियो । यो सबै दृश्य सीसीटीभी क्यामेरामा रेकर्ड भएको छ ।
नारायणी अस्पतालमा मापसे (मादक पदार्थ सेवन) चेक गराउंदा युवाहरुले अत्यधिक मात्रामा मदिरा सेवन गरेको रिर्पोट आयो । जब प्रहरीले ती युवाहरुलाई जिल्ला प्रहरी कार्यालयको थुना ९खोर० मा पुयायो तब प्रहरी अधिकृतहरुको मोबाइलमा धमाधम फोन आउन थाल्यो । युवतीलाई दुव्र्यहार गर्ने युवाहरु हाई प्रोफाइल परिवारबाट रहेको रहस्य बाहिरियो ।
प्रहरी स्रोतका अनुसार वीरगन्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक तथा एमाले नेता बशरुद्दिन अन्सारीका छोरा जहांगिर अन्सारी उनको भतिजो तारिक अन्सारी सहित मेडिकल कलेजका ४ जना डाक्टरहरुले युवतीलाई दुव्र्यहार गरेका छन् ।
मंगलबार राति थुनामा परेका छोरा, भतिजो सहित ६ जना बुधबार पनि नछुटेपछि कलेजका निर्देशन बशरुद्दिन आफू निकटका पत्रकार लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
दुव्र्यहारमा परेकी युवती आफ्नो कलेजको स्टाफको छोरी रहेको र उनीसंग सहमति भइसकेको लगायतका भुठा कुरा बताएर बशरुद्दिनले प्रहरी अधिकृतलाई मनाउने प्रयास गरिरहेका थिए ।
महिला माथि दुव्र्यहार गरेको विषयमा प्रहरी संवेदनशील रहेको बताउँदै बिहीबार युवतीले जाहेरी ल्याएपछि थप कारवाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…