मधेश प्रदेशः सालीसँग होली खेलेपछि ग्याँग फाईट, दर्जनबढी घाईते
गाउँका युवकहरूले कुटपिट गरेपछि कुटाई खाएका भिनाजुले फोन गरेर आफ्नो गाउँका करिब दर्जनौ साथिहरुलाई बोलाउँदा दुई पक्षबीच ग्याँग फाईट भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

२०७९ फागुन २५ बिहीबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । मधेश प्रदेशको सप्तरीस्थित सालीसँग होली खेल्ने क्रममा दुई पक्षबीच ग्याँग फाईट भएको छ ।
आफ्नै सालीसँग होली मनाउन गएका एक युवकलाई सो टोलको युवकहरुले कुटपिट गरेपछि ग्याँग फाईट भएको प्रहरीले जनाएको छ ।
मंगलबार सप्तरीको महादेवा गाउँपालिका ४ मनियार परसाही टोलमा सोही पालिकाको वडा नम्बर १ चिम्टी बस्ने २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो ससुरालिमा सालिलाई घर बाहिर रङ लगाउँदा गाउँको युवकहरुले कुटपिट गरेका थिए ।
गाउँका युवकहरूले कुटपिट गरेपछि कुटाई खाएका भिनाजुले फोन गरेर आफ्नो गाउँका करिब दर्जनौ साथिहरुलाई बोलाउँदा दुई पक्षबीच ग्याँग फाईट भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
दुई पक्षबीच भएको सामुहिक झगडामा घाइते भएकाहरुको स्थानीय क्लिनीकमा उपचार भएको तथा कुटपिटमा संलग्न २ जनालाई पक्राउ गरिएको प्रवक्ता सिंहले बताए ।
उक्त घटनामा संग्लान रहेको फरार भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…