जनकपुरः होली पर्वको दिन २९० मोसासहित १७ जना पक्राउ
शान्तिपूर्ण रुपले होली पर्वको सुरक्षा व्यवस्थापन गरिएको साथै होली पर्वलाई मर्यादित तथा सुरक्षित बनाउनलाई मादक पदार्थ सेवन, बिना हेल्मेट र क्षमता भन्दा बढी मानिस सवार भएको २ सय ९० वटा मोटसाईकलसहित १७ जना मानिसहरुलाई नियन्त्रणमा लिई ट्राफिक जरिवानाको साथै ट्राफिक नियम सम्बन्धित प्रशिक्षण प्रदान गरी छाडिएको बताइएको छ ।

२०७९ फागुन २५ बिहीबार, बिहान ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा होली पर्वको दिन उच्छृँगल गतिविधि गरेको आरोपमा २ सय ९० वटा मोटरसाईकलसहित १७ जना मानिसलाई कारवाही गरिएको हो ।
बुधबार होली पर्वमा ट्राफिक नियम भन्दा विपरीत गतिविधि गर्ने २ सय ९० वटा सवारी साधन र १७ जना मानिस नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
होली पर्व २०७९ लाई शान्ति पूर्ण वातावरणमा सम्पन्न गर्नको लागि तयार पारिएको बिशेष सुरक्षा योजना अनुसार धनुषा जिल्ला भरी प्रहरी परिचालन गरिएको प्रहरीले उच्छृँगल गतिविधि गर्नेहरुमाथि कारवाही गरेको हो ।
शान्तिपूर्ण रुपले होली पर्वको सुरक्षा व्यवस्थापन गरिएको साथै होली पर्वलाई मर्यादित तथा सुरक्षित बनाउनलाई मादक पदार्थ सेवन, बिना हेल्मेट र क्षमता भन्दा बढी मानिस सवार भएको २ सय ९० वटा मोटसाईकलसहित १७ जना मानिसहरुलाई नियन्त्रणमा लिई ट्राफिक जरिवानाको साथै ट्राफिक नियम सम्बन्धित प्रशिक्षण प्रदान गरी छाडिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…