नेपाली कांग्रेसको होली मिलन तथा कार्यकर्ता भेट घाट कार्यक्रम
न्यूज ब्यूरो, सिरहा। नेपाली कांग्रेस सिरहाले होली पर्वको शुभकामना आदानप्रदान गरेको छ । होलीको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले आइतबार पार्टी कार्यालय धनगडीमाईमा शुभकामना आदानप्रदान गरी होली पर्व मनाएका हुन् । त्यस क्रममा नेता तथा कार्यकर्ताहरूले एक आपसमा रङ दलेर होली पर्व मनाएका हुन् । ‘होली मिलन त

२०७९ फागुन २२ सोमबार, दिउँसो १:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। नेपाली कांग्रेस सिरहाले होली पर्वको शुभकामना आदानप्रदान गरेको छ । होलीको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले आइतबार पार्टी कार्यालय धनगडीमाईमा शुभकामना आदानप्रदान गरी होली पर्व मनाएका हुन् ।
त्यस क्रममा नेता तथा कार्यकर्ताहरूले एक आपसमा रङ दलेर होली पर्व मनाएका हुन् । ‘होली मिलन तथा कार्यकर्ता भेट घाट’ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका जिल्ला सभापति अरविन्द मण्डल लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
उक्त, कार्यक्रममा नेपाल तरुण दल धनगढीमाई नगरपालिकाको नगर सभापतिमा मनिन्द्र राज कार्कीलाई नगर सभापतिमा नियुक्ति गरेको छ। कार्कीले आफ्नो नगरमा पार्टी विस्तार गर्नुमा प्रमुख भूमिका निर्वाह गर्ने प्रतिवदता समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…