साँसद यादवको नेतृत्वमा पडौल स्थानको कारिक मन्दिर सफाई महाअभियान सुरु
शनिबारको सर्वपक्षिय र सर्वदलिय बैठकमा जसपाका केन्द्रीय सदस्य नागेन्द्र यादव, नगरअध्यक्ष डा. धीरेन्द्र यादव, मेयर राम विजय महतो, उपमेयर राम दुलारी देवीसहित स्थानीय, विद्यार्थी, महिला, अधिकराकर्मी, समाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

२०७९ फागुन २० शनिबार, राति १०:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गँगासागर सफाई अभियानका अभियन्ता एवम् क्लीन एण्ड ग्रीन जनकपुरका सँयोजक साँसद राम अशिष यादवको नेतृत्वमा पुनः अर्को महाअभियान शुभारम्भ भएको छ ।
मधेश प्रदेशको चर्चित महोत्तरीको पडौलस्थानमा रहेको कारिक महाराजको मन्दिर, आसपास क्षेत्रलाई पूर्ण सौन्दर्यीकरण र सफाई गर्ने अभिभारा साँसद यादवले उठाएका छन् ।
शनिबार बलबा नगरपालिका वडा नम्बर ३ पडौलस्थित रहेको कारिक मन्दिरको सफाई महाअभियानको लागि प्रकृति एवम् सँस्कृति अभियानीले मधेशमा चर्चित अभियन्ता समेत रहेका साँसद यादवलाई सफाईको जिम्मेवारी दिइएको हो ।
गँगासागर पोखरी सफाई अभियान, धनुषाको पर्शुराम तलाउ, जलेश्वरस्थान, मठिहानी मठ जस्ता धार्मिक स्थानमा साँसद यादवकै नेतृत्व पाउँदा अभियान सफल भएको भन्दै पडौलवासीहरुले साँसद यादवलाई सो अभिभारा पनि सुम्पेको हो ।

बलवा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राम शरण यादवको अध्यक्षता तथा साँसद एवम् स्वच्छता अभियानी यादवको प्रमुख आतिथ्यमा सर्वदलिय र सर्वपक्षिय प्रतिवद्धता भएको हो । सबै राजनीतिक दलका प्रतिनीधि, सबै पक्षका व्यक्तिहरुको मोटो उपस्थितिमा कारिक बाबा स्थानलाई प्रत्येक शनिबार सफाई गर्ने र केही दिनमै नयाँ स्वरुप दिने प्रतिवद्धता जाहेर गरिएको हो ।
सो क्रममा स्वच्छता अभियानी एवम् साँसद यादवले भाकलको लागि जाने गरेका श्रद्धाल भक्तजनहरुलाई प्लास्टिकको कुनै पनि समान प्रयोग नगर्न आग्रह गरे । उनले प्लास्टिकको ग्लास, पोलिथिन, थाली वा अन्य वस्तुहरु प्रयोग गर्न पूर्ण प्रतिबन्ध गर्ने सहमति भएको बताए । स्थानीय व्यापारीहरु, पसलेहरुले समेत प्लास्टिक बैन गर्ने सहमति गरेको बताए ।
उनले महाअभियानकै क्रममा मन्दिरमा कारिक बाबा र दिनकर आरती समेत शुभारम्भ हुने बताए ।
सो सफाई महाअभियान समाजिक कार्यकर्ता सँजय यादवको सँयोजकत्वमा सँचालन हुने भएको छ । यादवले स्वच्छता अभियानी राम अशिष यादवको सफल कार्यहरु देखेपछि सो महाअभियानको कार्यभार पनि सुम्पिएको बताए ।
शनिबारको सर्वपक्षिय र सर्वदलिय बैठकमा पर्यावरण अभियानी, प्रकृति मानवको दर्जा पाएका अभियानी सुरेश शर्मा, जसपाका केन्द्रीय सदस्य नागेन्द्र यादव, नगरअध्यक्ष डा. धीरेन्द्र यादव, मेयर राम विजय महतो, उपमेयर राम दुलारी देवीसहित स्थानीय, विद्यार्थी, महिला, अधिकराकर्मी, समाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
कारिक स्थानमा प्रत्येक सोमबार र शुक्रबार भाकल मानेका श्रद्धालुहरु चढावाको लागि आउने गरेका छन् । प्रत्येक सोमबार र शुक्रबार सयौँको सँख्यामा भाकल आउने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…