जनकपुरः राजदेवीको मूर्ति चोरी गर्ने सरिफ मुसलमानसहित ५ चोर पक्राउ !
सोसँगै मन्दिरमा राखिएको दानपेटीकामा अन्दाजी ३ महिनादेखि नखुलेको रकम समेत उनीहरुले चोरी गरी लगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले जानकारी दिए । शनिबार पत्रकार सम्मेलन गरी धनुषा प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।

२०७९ फागुन २० शनिबार, दिउँसो ४:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रमदैया भवाडीस्थित रहेको हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्थाको मन्दिर राजदेवी मन्दिरबाट मूर्ति चोरी गर्ने ५ जना चोरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मन्दिरमा भएको चोरीमा सँलग्नहरुलाई समानसहित पक्राउ गर्न सफल भएको हो । गच फागुन १४ गते बिहान जनकपुरधाम–ढल्केवर सडकखण्डमा रहेको रमदैयास्थितको राजदेवी मन्दिरबाट राजदेवीको चाँदीको मूर्तिसहित देवीको गरगहनाहरु समेत चोरी गरेर लगेका थिए ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयास्थित सो मन्दिरबाट
राजदेवी मन्दिरको ताला तोडी मन्दिरमा रहेको राजदेवीको चाँदीको मूर्ति, मुकुट, अर्धवृत आकारको वस्तु (पाता), गिलास, सुनको मँगटीका, देवीको नथिया, सिक्री, झुम्का लगायतको सुनचाँदीको सरसमानहरु चोरी गरी भागेका थिए ।
चोरी भएको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले मन्दिरमा मुचुल्का गर्दै सिसिटिभी फुटेजमा रेकर्ड भएको भिडियो र मावन इन्टेलिजेन्सको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । धनुषा प्रहरीले गोप्य अपरेशन र तीव्र सक्रियता बढाएपछि उनीहरुलाई एक साताभित्रै पक्राउ गर्न सफल भएको हो ।
राजदेवी मन्दिरमा चोरी गर्नेहरुमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बस्ने बर्ष ३७ को रजाक मोहम्मद, वडा नं. ४ बस्ने बर्ष २१ को मोहम्मद हबगुल्ला, धनुषाको कमला नगरपालिका वडा नम्बर ७ हथमुण्डा बस्ने बर्ष २२ को रमेश कुमार महतो, विदेह नगरपालिका वडा नम्बर ४ ढाडी बस्ने बर्ष २२ को नसुँदिन साह र बर्ष ३० को सरिफ मुसलमान रहेका छन् ।
धनुषा प्रहरीले उनीहरुलाई विभिन्न हातहतियारसहित पक्राउ गर्न सफल भएको हो । उनीहरुले जनकपुरधाम १२ कुवास्थित समेत चोरी गरेको खवर पाएसँगै अनुस्न्धानको क्रममा पक्राउ परेका हुन् ।
मन्दिरबाट राजदेवीको मूर्तिसहित चाँदीको पिढी २ किलो चाँदीको, २५ तोलाको चाँदीको मुकुट, १ किलोको चाँदीको झाँप, आधा किलोको चाँदीको थाली, १५ तोलाको चाँदीको लोटा, १२ तोलाको चाँदीको घण्टी, ६ आनाको सुनको मँगटीका, १० आनाको देवीको सुनको नथिया, ४ आनाको सुनको सिक्री, १ आनाको देवीको सुनको नाकको टप र ६ आनाको सुनको कानको बाली चोरी भएको हो ।
सोसँगै मन्दिरमा राखिएको दानपेटीकामा अन्दाजी ३ महिनादेखि नखुलेको रकम समेत उनीहरुले चोरी गरी लगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले जानकारी दिए । शनिबार पत्रकार सम्मेलन गरी धनुषा प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट ११,५०० रुपैयाँ नगद, १३ थान मोबाईलसहित राजदेवीको चाँदीको मुकुट टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको हो । समानहरु उनीहरुको घरबाटै बरामद भएको हो ।
उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बेदप्रसाद गौत्तमले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…