सिडिओ दाहालको बोल्ड निर्णयः जानकी मन्दिरमा अन्य कार्यक्रम गर्न निषेध, डिजे जफ्त गर्ने
राती १० बजेपछि चर्को स्वरमा हरन बजाए, डिजे बजाए तत्काल बाजा नै प्रहरी मार्फत जफत गर्न लगाउने निर्णय भएको बताए । चर्को ध्वनीले ध्वनी प्रदुषण, हृदयघातका विरामी मर्ने, विरामी बढने, बालबालिका जन्मदा कुपोषित हुने जस्ता समस्या बढन थालेपछि प्रशासनले बल्ल निगरानी थालेको हो ।

२०७९ फागुन १८ बिहीबार, बेलुकी ७:१८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले अहिलेसम्मकै बोल्ड निर्णय गरेका छन् । यसअघिका प्रशासनले गर्न नसकेका जनभावनको निर्णय सिडिओ दाहालले विहिबार गरेका छन् ।
बर्षौदेखि विश्वप्रसिद्ध जानकी मन्दिरमा धार्मिक कार्यक्रमबाहेक, जानकी मन्दिरको कार्यक्रमबाहेक अन्य कुनै पनि कार्यक्रम गर्न निषेध गर्नुपर्ने मागलाई सिडिओ दाहालले विहिबार (आज) निर्णय नै सुनाएका छन् । सिडिओ दाहालले एक सूचना जारी गर्दै आउँदै चैत्त १ गतेदेखि जानकी मन्दिर परिसरभित्र अबदेखि जानकी मन्दिरको कार्यक्रम बाहेक बाहिरि कुनै पनि कार्यक्रम नहुने निर्णय गरेका छन् ।
विहिबार अधिकृत सँगम जनकपुरमा बसेको सर्वपक्षिय बैठकबाट जानकी मन्दिर पसिरमा हुँदै आएको नाचगान, होली, महामुर्ख सम्मेलन, जनकपुर साहित्य महोत्सव लगायत अन्य कुनै पनि कार्यक्रम अब गर्न पाउने छैनन् । यसपालीको महामुर्ख सम्मेलनको तयारी भईसकेको र समय अन्तिम रहेकोले २२ गते भनिएको महामुर्ख सम्मेलन पश्चात चैत्र १ गतेदेखि सबै निषेध हुने भएको छ ।
विश्व प्रसिद्ध जानकी मन्दिरमा अब मन्दिरको कार्यक्रम बाहेक अन्य कुनै पनि कार्यक्रम नहुने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा आज अधिकृत सङ्गमको सभाकक्षमा भएको सर्वपक्षीय बैठकबाट जानकी मन्दिर परिसरमा जानकी मन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रम बाहेक अन्य कुने कार्यक्रम गर्नमा निषेध गरेको छ ।
बैठकबाट जानकी मन्दिरले सुरुदेखि आयोजना गर्दै आएको विवाहपञ्चमी, रामनवमी जस्ता धार्मिक कार्यक्रमहरू गर्नमा कुनै प्रकारको अवरोध नहुने बैठकले निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिए । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
सो बैठकबाट धार्मिक महत्त्वको जनक मन्दिरले विद्युत् महसुल नबुझाएको भन्दै काटिएको विद्युत् लाइन हालका लागि जडान गरिदिने निर्णय भएको छ ।
विद्युतको बाँकी बक्यौताको विषयमा आवश्यक प्रतिवेदन पेश गर्नका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी, गुठी संस्थान, विद्युत् प्राधिकरण, जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले समस्या समाधानका लागि प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।
चर्को स्वरमा डिजे बजाए डिजे जफत हुनेः
धनुषामा करिब एक महिना अगाडी मात्र हाजिर भएका सिडिओ काशिराज दाहालले विभिन्न जिल्लामा डिजे बाजा, हर्न निषेध गर्न थालेपछि धनुषामा समेत सोको निगरानी बढाउने भएको छ ।
जिल्लाभरिमा चर्को स्वरमा डिजे बजाउने, डिजेमा अश्लिल प्रकारको गीत बजाइएको पाईएमा कम्पलेन (उजुरी) को आधारमा तत्कालै डिजे नियन्त्रणमा लिएर जफत गर्ने निर्णय भएको सिडिओ दाहालले सुनाए ।
राती १० बजेपछि चर्को स्वरमा हरन बजाए, डिजे बजाए तत्काल बाजा नै प्रहरी मार्फत जफत गर्न लगाउने निर्णय भएको बताए । चर्को ध्वनीले ध्वनी प्रदुषण, हृदयघातका विरामी मर्ने, विरामी बढने, बालबालिका जन्मदा कुपोषित हुने जस्ता समस्या बढन थालेपछि प्रशासनले बल्ल निगरानी थालेको हो ।
जनकपुर शहरभन्दा धनुषाको ग्रामिण भेकमा, गाउँस्तरमा कानको जाली फुटने गरी डिजे बजाउने, राती १२ बजेसम्म गन्दा गन्दा गीत बजाउने प्रवृति मौलाउँदै गएको छ ।
बिहेको एक महिना अगाडीदेखि नै हर्न बजाउने, अबेररातीसम्म माईक लगाएर चर्को स्वरमा गीत गाउने, पूजाआजामा समेत चर्को स्वरमा भजन गाउने, हर्नमै बर्थडे पनि मनाउने चलन बढेको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…