धनुषाधाममा भोली सार्वजनिक विदाको घोषणा
भोली बुधबार विद्यार्थी, महिला, किसान, पेशाकर्मी, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु समेत परिक्रमावासीलाई स्वागत गर्ने तयारी गरिएको हो । बुधबार धनुषाधाम बसेर पर्सी विहिबार सतोषरको लागि प्रस्थान गर्नेछ ।

२०७९ फागुन १६ मंगलबार, राति ८:२३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । ऐतिहासिक एवम् धार्मिक स्थल धनुषाधाममा भोली परिक्रमाको धार्मिक लस्कर आउने भएपछि भोली सार्वजनिक विदा हुने भएको छ ।
१५ दिने माध्यमिकी परिक्रमाको धार्मिक लस्कर सोमबार धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्वतमा विश्राम गरेका छन् भने भोली बुधबार धनुषाधाम आईपुग्ने भएपछि एकदिने सार्वजनिक विदा दिएको हो ।
धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले परिक्रमावासीलाई स्वागत एवम् अभिनन्दन गर्न सम्पूर्ण नगरवासीसँग आग्रह गर्दै भोली सार्वजनिक विदा दिएको हो ।
परिक्रमाका धार्मिक लस्कर विहानैदेखि धनुषाधाम विश्राम लिने भएकोले त्यहाँस्थित रहेको विद्यालय, बजारमा समेत भीड बढने भएपछि सार्वजनिक विदा दिएको जनाइएको छ ।
भोली बुधबार विद्यार्थी, महिला, किसान, पेशाकर्मी, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु समेत परिक्रमावासीलाई स्वागत गर्ने तयारी गरिएको हो । बुधबार धनुषाधाम बसेर पर्सी विहिबार सतोषरको लागि प्रस्थान गर्नेछ ।
मँगलबार पर्वता आईपुगेका परिक्रमावासीलाई धनुषाधाम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोले भव्य स्वागत गरेका थिए । धनुषाधाम नगरपालिकाले त्यहाँ विभिन्न सुविधाहरु दिएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…