मलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजिदैछः बालेन साह
उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्। उसले आफ्नो फेसबुकमा हालेको स्टेटसमा ६ हजारभन्दा अधिक टिप्पणी गरिएको छ ।

२०७९ फागुन १३ शनिबार, दिउँसो ३:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्।
‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले फेसबुकमा लेखेका छन् ।
उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्। उसले आफ्नो फेसबुकमा हालेको स्टेटसमा ६ हजारभन्दा अधिक टिप्पणी गरिएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…