साँसद प्रभु साहले विद्युत कर्मचारी कुटाएको आरोप, विद्युत प्राधिकरणको सेवा अनिश्चितकालिन बन्द
‘मौलापुर क्षेत्रमा संगठित रुपममा नै विद्युत चोरी तथा हुकिङ हुने गरेको छ, त्यहाँको चुहावट ४५ प्रतिशत छ, नियन्त्रण गर्न खटिने हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ, अहिले कर्मचारीले सरुवा मागिरहेका छन्, केन्द्र नै बन्द गर्न कर्मचारीबाट दबाव आइरहेको छ’, उनले भने ।

२०७९ फागुन १२ शुक्रबार, बेलुकी ७:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट स्थित रहेको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई कुटपिट गरेको भन्दै अनिश्चितकालिन सेवा बन्द गरेको छ ।
प्रतिनीधिसभा सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले मधानी महोत्सवमा गैर–कानुनी रुपमा विजुली जडान गरिदिन दबाब दिएपछि गैरकानुनी विजुली नजोडिदिएपछि कर्मचारी कुटन लगाएको आरोप कर्मचाीहरुले लगाएका छन् ।
कर्मचारी कुटपिट विरुद्ध कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै दिएको किटानी जाहेरी दर्ता अस्वीकार गरेपछि अनिश्चतकालिन सेवा अवरुद्धको घोषणा गरिदिएको हो ।
त्रिभुवन साह भनेर चिनिने अमनलाल साह र धीरज पाण्डेसहित नेतृत्वमा आएको करिब ३० जनाको समूहले प्राधिकरणको मौलापुर वितरण केन्द्र परिसरमा पसी सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट गरी अपहरण शैलीमा जबरजस्ती गाडीमा राखेर लगि अनधिकृत रूपमा बिजुलीको लाइन जोड्न लगाएका थिए ।
प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख अरुणकुमार साहले गत सोमबार घटनामा संलग्न व्यक्तिहरुले मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण सम्बन्धी कसूर गरेको हुँदा सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । प्रमुख साहले प्रमाणको रुपमा घटना भएको समयको सिसिटिभी फुटेजसमेत पेश गरेका थिए ।
फुटेजमा कर्मचारीलाई कुटपिट गदै गाडीमा हालेर लगेको देखिन्छ । तर, पाँच दिन पुग्दासमेत प्रहरीले किटानी जाहेरी दर्ता गरी घटनामा संलग्नहरुमाथि अनुसन्धान गरेको छैन ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीको दबावमा प्रहरीले किटानी जाहेरी दर्ता नगरेको प्राधिकरणका कर्मचारीहरु आरोप लगाउँछन् । मौलापुर नगरपालिकाका मेयर साहकै श्रीमती रीनाकुमारी छिन् ।
कार्यालय परिसरमै कर्मचारीलाई कुटपिट र अपहरण भएपछि त्यहाँ कार्यरत सबै कर्मचारीले असुरक्षा महसुस गरी सरुवाको माग गरिदिन निवेदन दिएको प्राधिकरण मधेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।
‘मौलापुर क्षेत्रमा संगठित रुपममा नै विद्युत चोरी तथा हुकिङ हुने गरेको छ, त्यहाँको चुहावट ४५ प्रतिशत छ, नियन्त्रण गर्न खटिने हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ, अहिले कर्मचारीले सरुवा मागिरहेका छन्, केन्द्र नै बन्द गर्न कर्मचारीबाट दबाव आइरहेको छ’, उनले भने ।
प्राधिकरणको मौलापुर वितरण केन्द्रले शुक्रबारबाट अत्यावश्यक सेवा बाहेक कार्यालयबाट प्रवाह हुने अन्य सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । प्रहरीले किटानी जाहेरी दर्ता नगरेको, घटनामा संलग्नमाथि कारबाही नभएको र कर्मचारी असुरक्षित भएको भन्दै वितरण केन्द्रको सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो ।
यता, नेता प्रभु साहले आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आफू कुनै कर्मचारीमाथि कुटपिट गर्न नलगाएको खण्डन गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…